श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । देशका केही दलालहरुले कालो धनलाई बैधानीकता दिनको लागी निर्वाचनको नौटंकी गरीरहेकोले स्थानीय तहको निर्वाचनलाई खारेज गर्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीद्धारा आयोजीत एकिकृत जनक्रान्ती, जनजागरण तथा प्रतिरोध अभियान र कथित स्थानिय चुनाब खारेज गरौ भन्ने मुख्य नारा सहित अभियानको उदघाट्न कार्यक्रम लगाएतका बिषयहरुमा जानकारी दिने अभिप्रायले आज सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे बक्ताहरुले यस्तो भनाई ब्यक्त गर्नु भएको हो ।
पत्रकार सम्मेलनमा मन्तब्य राख्दै नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला ईन्चार्ज एवं कार्यक्रमका प्रमुख बक्ता सुमनले देशका केही दलालहरुले कालो धनलाई बैधानीकता दिनको लागी निर्वाचनको नौटंकी गरीरहेको भन्दै शान्तीपूर्ण तरीकाबाट जनतालाई जागरुप पैदा गर्ने मख्य उद्धेस्य र संसदिय ब्यबस्थाले पारेको भ्रमको कुरालाई चिरफार गर्ने आफहरुको मुख्य कार्यक्रम रहेको बताउनु भएको थियो ।
साथै नेता सुमनले आफुहरु स्थानीय तहको चुनाबलाई खारेज गर्ने अभियानमा आफुहरु शान्तीपूर्ण तरीकाले जनताहरुसंग जाने यदी शान्तीपूर्ण अभियानमा कसैबाट दमन भयो भने त्यसको प्रतिरोध हुने भन्दै अबको लडाई सेना पुलिससंग नभई दलाल आत्मसर्मपणबाद र बिर्सजनबादका बिरुद्धमा हुने बताउनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दे अर्का नेता पिताम्बर पोख्रेलले राष्ट्रिय स्वाधिनतालाई आच पु-याउने तत्वहरु, भष्टचारी, कालाबजारी र दलालहरुलाई अन्त्य गर्नुका साथै प्रतिक्रियावादी संसदिय व्यवस्थालई धोम्स पार्ने जनवादी राज्य सत्तालाई स्थापित गर्ने जनतालाई अधिकार सम्पन्न पार्ने र राष्ट्रलाई स्वाधिन गराउने उद्देश्यले अभियान सन्चालन भएकोले सम्पुर्ण क्षेत्रवाट सहयोग गर्न अपिल गरेका समेत गर्नु भएको थियो ।अभियानलाई पत्रकार महासंघ अघाँखाँचीका अध्यक्ष हिमबहादुर जिसी लगाएतले शुभकामना दिनु भएको थियो ।
कार्यक्रम टामलाल भुसालको अध्यक्षता खेम घर्तीको स्वागत मनतब्य र योगेन्द्र चौहानको सन्चालनमा सम्पन्न भएको थियो ।