कफी खेतिलाई अर्घाखाँचीमा मुख्य खेतिको रुपमा बिकास गर्न सकिने क्षेत्रिय निर्देशकको भनाई

Image result for कफी अर्घाखाँची
आफ्नै बगैंचामा कफी टिप्दै अर्घाखाँचीको किमडाँडाका किसान । फाइल फोटो  

श्याम घिमिरे
धरमपानी, अर्घाखाँची । नेपाल सरकार राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका क्षेत्रिय निर्देशक लक्ष्मण पोख्रेलले  कफी खेतिलाई अर्घाखाँची जिल्लामा मुख्य खेतिको रुपमा बिकास गर्न सकिने बताउनु भएको छ । 
जनजागृति कफी शहकारी संस्था सनपा १० धरमपानी र जिल्ला कफी ब्यबसायी संघ अर्घाखाँचीको समन्वयमा आजबाट सन्चालन गरीएको दुई दिने कफी चक्र प्रबिधी सम्बन्धी तालीमको उद्घाटन गर्दे निर्देशक पोख्रेलले यस्तो भनाई ब्यक्त गर्नु भएको हो । 
साथै उहाँले अन्य नगदेबाली भन्दा चार गुना बढी उत्पादन र आर्थीक रुपमा नाफाहुने भएकोले सबै कृषकहरुलाई ब्यबसायीक रुपमा कफी खेति गर्न आग्रह समेत गर्नु भएको थियो । नेपालको कफी बिश्वमै बिषादी मुक्त भएको हुनाले बिउ देखी कप सम्मको बिषयलाई समेटेर तालीमको आयोजना गरीएको निर्देशक पोख्रेलले बताउनु भएको थियो ।
करीब ३५ जना भन्दा बढी सहभागी रहेको तालीममा नेपाली काँग्रेसका प्रतिनिधी राधा आचार्य, नेकपा एमालेका प्रतिनिधी रीषीकेश भुसाल,नेकपा माओबादी केन्द्रका कृष्णराज भुसाल, नयाँ शक्ती पार्टी नेपालका पुस्कर आचार्य, खगेश्वर नेपाली, समुह अध्यक्ष हरीप्रसाद भुसाल,पत्रकार श्याम घिमिर, हरीप्रसाद भुसाल लगाएतले मनतब्य राख्दै तालीम सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । 
कार्यक्रम जिल्ला कफी ब्यबसायी संघ अर्घाखाँचीका कोषाध्यक्ष पुस्करनाथ बन्जाडेको अध्यक्षता र नेपाल सरकार राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड पोखराका कृषि बिकास अधिकृत चन्द्र पुरीको सहजीकरणमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।

अन्य समाचारहरु