सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल प्रेस युनियन अर्घाखाँचीले आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन प्रचारप्रसारलाई व्यवस्थित बनाउने उदेश्यले अर्घाखाँची जिल्लाभरका नगरपालिका र गाउँपालिकामा संयाेजक खटाएको छ ।
बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन सम्मका लागि नेपाली काङ्ग्रेसलाई बिजयी बनाउन र प्रचारप्रसारलाई ब्यबस्थित बनाउने उदेश्य अनुरुप नगरपालिका, गाउँपालिकाबाट सुचना सम्प्रेषण गर्न भन्दै नेपाल प्रेष युनियन अर्घाखाँचीले युनियनसँग अाबद्द पत्रकारहरुलाई सम्बन्धित क्षेत्रमा सुचना तथा प्रेस संयोजकको जिम्मेवारी तोकेको हो ।
नेपाल प्रेष युनियन अर्घाखाँचीका अध्यक्ष सुर्य प्रसाद भुसालले एक प्रेस विज्ञप्ती जारी गरी निर्वाचनको तैयारी तथा प्रचारप्रसारलाई ब्यबस्थित बनाउनका लागि सन्धिखर्क नगरपालिकामा प्रेमनारायण आचार्य, भूमिकास्थान नगरपालिकामा अशोक पौडेल, सितगंगा नगरपालिकामा नेत्रप्रसाद मरासिनी, छत्रदेब गाउँपालिकामा रुद्र मणि भुसाल, पाणिनी गाउँपालिकामा घनश्याम पौडेल र मालारानी गाउँपालिकामा ईन्द्र रेग्मीलाई संयोजकमा तोकेको उल्लेख गरिएको छ ।