अर्जुन भुसाल
मालारानी गाउँपालिका, अर्घाखाँची । नेकपा एमाले मालारानी गाउँपालिका वडा नम्वर १ को भेला सम्पन्न भएको छ ।
नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य जीवन चौहानको प्रमुख आतिथ्यता, मालारानी गाउँपालिकाका संयोजक शालिकराम आचार्यको विशेष आतिथ्यतामा सम्पन भेलाले आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरि विभिन्न निर्णयहरु गरेको छ ।
स्थानीय तहको निर्वाचनमा विजयी सुनिश्चित गर्न भन्दै ४ सय ६६ सदस्यीय प्रचार प्रसार कमिटीको गठन गरिएको छ । भेलाबाट अनेम संघ, अखिल नेपाल किसान संघ, युवा संघ, जेष्ठ कम्युनिष्ट मञ्च, जातिय मुक्ति समाज, वुद्धिजिवि परिषद् लगायतका जनसंगठनहरु समेत गठन गरिएको छ ।
भेलालाई सम्वोधन गर्दै प्रमुख अतथि चौहानले स्थानीय निकायको निर्वाचनमा एमालेको जित सुनिश्चित गराउनका लागि सबै नेता कार्यकर्ताहरुलाई आ-आफ्नो ठाउँमा कटिबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रम वडा कमिटीका संयोजक चन्द्रकान्त आचार्यको अध्यक्षता, सचिव गुणानिधि भुसालको स्वागत मन्तव्य र सहसंयोजक डिल्लीराज पोख्रेलको सञ्चालनमा सम्पन्न भएको छ ।