सन्धिखर्कको डिभर्नामा भुकम्प पिडितलाई प्रथम किस्ता बापत ५० हजार वितरण

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नामा भुकम्प पिडितलाई प्रथम किस्ता बापत रु५० हजार रकम वितरण गरिएको छ ।
रकम वितरण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोख्रेलले गरेका थिए ।  
पहिलो चरणमा डिभर्नाका १७ जना भुकम्प पिडितलाई राहत वितरण गरिएको थियो ।

अन्य समाचारहरु