प्रेम आचार्य
सन्धिखर्क अर्घाखाँची ३ बैशाख ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्वर १० मा झण्डै छ लाख ब्यक्तिगत लगानीमा खेल मैदानको निर्माण कार्य सुरु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड न १० को अर्घा बेल्टारी निवासी हाल रोजगारीको लागि इजरायल रहेका युवराज थापाको ब्यक्तिगत छ लाखको लगानीमा बेल्टारीमा खेल मैदान निर्माण कार्य सुरु भएको हो । क्रिकेट खेलन मिल्ने खालको खेल निर्माण सुरु गर्न थालिएको हो ।
युवाहरुको खेलमा आकर्षण बढेको, खेल मैदानको अभावले खेलाडीहरुलाइ समस्या भएको तर खेल मैदान निर्माणकालागि कसैले पहल नगरेपर्छि बेल्टारी, रानाटोला , खरिखोला र आपखोलाका युवाहरुको चाहना अनुसार खेल मैदान निर्माण सुरु गरिएको युवराज थापाले बताए ।
निर्माण हुन लागेको खेल मैदान कुनै राजनीतिक पार्टी र कुनै सस्था बिच आवद्ध र सम्बन्ध नभएको खेल मैदान निर्माणका लागि चाहिने सम्पुर्ण आर्थिक रकम ब्याक्तिगत लगानी गर्ने थापाले बताए ।
बर्षौ देखि खेल मैदानको अभावमा खेल प्रेमी स्थानीयले खेल प्रतिभालाइ बाहिर ल्याउन नसक्नु जिल्लामा समेत आफू भित्र रहेको प्रतिभालाइ चिनाउन नसक्नुको अबस्था देखेर ब्यक्तिगत लगानीमा खेल मैदान निर्माण गर्न लागेको हु उनले भने ।
अर्घामा खेलकुदको विकास गर्ने उदेश्यका साथ खेलमैदान निर्माण गर्न बेल्टारी , रानाटोला , खरिखोला र आपखोला लगायतका स्थानीय वासिहरुको भेला गरि सर्व सहमति अनुसार खेल मैदानको कार्य सुचारु गर्ने निर्णय गरिएको हो ।
खेलको विकासकालागि युवाहरुको भेलाले युवराज थापाको अध्यक्षतामा प्रगतिशील युवा क्लबको गठन गरेका छन । बैसाख एक गते का दिन नयाँ बर्षको अवसर पारी वैदिक विधि पुर्वक पुवाआजा गरि निर्माण कार्य सुरु गरिएको हो ।
प्रगतिशिल युवा क्लबको उपाध्यक्षमा केशव राना, सचिव बालकृष्ण थापा , कोषाध्यक्ष कमला थापा रहेका छन । सदस्यहरुमा केशव राना, नेत्र बहादुर थापा , बिन्दु भुसाल, बाबुराम थापा , शान्ता नेपाली , मुक्त बहादुर थापा , पिताम्बर थापा , पुर्ण बहादुर थापा , यम बहादुर थापा, श्याम थापा रहेका छन ।
क्लवको सल्लाहकारमा तेज बहादुर थापा , मान बहादुर थापा , सुर्य बहादुर थापा, बल बहादुर थापा , लाल बहादुर थापा , तोयनारायण आचार्य र मान बहादुर राना रहेका छन ।