भारतको एउटा विद्यालयका झन्डै २०० जना विद्यार्थी रासायनीक ग्यास फैलिएर बिरामी भएपछि अस्पताल भर्ना


भारतको एउटा विद्यालयका झन्डै २०० जना विद्यार्थी शनिबार (आज) अस्पताल भर्ना भएका छन् ।
विद्यालयमा पढाइ भइरहेकाबेला रासायनीक ग्यास फैलिएर बिरामी भएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
विषाक्त ग्यासका कारण विद्यार्थीको आँखा, घाटीलगायतका अंगमा नकारात्मक असर परेर अफ्ठ्यारो भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
नयाँदिल्लीमा रहेको एक विद्यालयनजिकैको उद्योगका लागि ल्याइएको ग्यास अकस्मात् चुहिएको प्रहरीको भनाइ छ ।