अफगानिस्तानमा भएका सुरक्षा कारबाहीमा परी ७१ जना लडाकू मारिए

अफगानिस्तानका विभिन्न ठाउँमा पछिल्लो २४ घण्टामा भएका सुरक्षा कारबाहीमा परी ७१ जना लडाकू मारिएका अफगान गृह मन्त्रालयले मंगलबार (आज) जानकारी दिएको छ ।
सुरक्षा कारबाहीका क्रममा ३५ जना घाइते भएका र सात जनालाई नियन्त्रणमा लिएको रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ । उनीहरुबाट नियन्त्रणमा लिइएका हतियार तथा विस्फोटक पदार्थ पनि सुरक्षाकर्मीले नष्ट गरेका छन् ।
सुरक्षा अधिकारीहरुले सरकारी सुरक्षाकर्मीतर्फ कुनै क्षति भएको वा नभएको बारेमा केही उल्लेख गरेका छैनन् । देशका ३४ ओटा प्रदेशमध्ये १७ ओटा प्रदेशमा सडकको वरिपरी राखिएका बम र विद्युतीय धरापहरु निश्क्रीय पारेको मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा पछिल्लो केही समयदेखि तालिवान लडाकूहरु विरुद्धको सुरक्षा कारबाहीलाई तिब्र बनाइएको छ । बसन्त ऋतु र ग्रिष्म ऋतुमा अफगानिस्तानमा धेरै भिडन्त हुने समयको रुपमा लिइन्छ । रासस/सिन्ह्वा