बिनोद गैरे
खिल्जी, अर्घाखाँची । भुमिकास्थान नगरपालीका वडा नं. -६ को खिल्जी बेलवोट स्थित श्री शान्ति माध्यमिक बिधालयमा सुचनाकाे अधिकार RTI सम्बन्धि अनुभव अाधान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।
झण्डै २०० जना सहभागी रहेकाे उक्त कार्यक्रममा सुचना तथा सुशासन अभियान CIG अर्घाखाँचीका अध्यक्ष मुक्तिनाथ भुसालले CIG के हाे ? यसकाे महत्व र विभिन्न स्थानहरुमा यसले गरेका गतिविधिहरुका बारेमा श्र्व्य दृष्य माध्यमवाट प्रशिक्षण दिदै विभिन्न निकायहरुमा सुचना माग्नु र मागेका सुचना पाउनु साधारण जनताकाे मैलिक अधिकार भएकाे हुदा ढुक्क संग सुचना माग्ने कार्यमा लाग्न अाग्रह गर्नु भएकाे थियाे ।
कार्यक्रममा भुमिकास्थान नगरपालीका वडा नं. ६ का विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, भुमिकास्थान नगरपालीका अन्तर्गतका विभिन्न वडाका वडा सचिबहरु, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका काेषाध्यक्ष बिनाेद गैरे, सुपादेउराली समाचार पत्रका प्रधान सम्पादक जितेन्द्र खत्री, पत्रकार कृष्ण पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रम भुमिकास्थान नगरपालीका वडा नं. ६ का वडा सचिव मदन बेल्वासेकाे अध्यक्षता, भुमिकास्थान नगरपालीका लेखा अधिकृत नविन श्रेष्ठकाे प्रमुख अाथित्यता, समाजसेवी तथा भुमिकास्थान नगरपालीकामा राष्ट्रिय जनमाेर्चाकाे तर्फवाट मेयर पदका उम्मेदवार कविराम खनालकाे स्वागत तथा वडा नं. ६का सामाजीक परिचारक नारायण बेल्वासेकाे संचालनमा सम्पन्न भएकाे थियाे ।