अर्घाखाँचीभर चुनाव लागि सुरक्षा सतर्कता बढाइयो, सेना, प्रहरी र म्यादीद्वारा सुरक्षा गस्ती

सन्धिखर्कमा सुरक्षा गस्ती ।
वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा स्थानीय तह चुनाव दोस्रो चरणमा हुने भएको छ । तर, भयरहित वातावरणमा चुनाव गराउन जिल्लाभर अहिल्यैदेखि सुरक्षा सतर्कता बढाइएको छ । सेना, प्रहरी र म्यादीले सुरक्षा गस्ती थालेका हुन् ।
मतदान केन्द्र, मतदाता र कर्मचारीका लागि रणनीतिका साथ शान्ति सुरक्षाको अवस्था चुस्त पारिएको सुरक्षा निकायले जनाएको छ । पहिलो चरणमा चुनाव भइरहेका क्षेत्रमा यहाँका प्रहरी पनि खटिएपछि यता खटिनेमा धेरै संख्या म्यादीको छ ।
प्रहरीको सहयोगी नै अहिले म्यादी बनेका छन् । बजारमा दिनरात गस्ती र सवारीसाधन चेकजाँचको काम सीमित संख्याका प्रहरीसँगै म्यादीले सघाएका छन् । जिल्लाका सबै प्रहरी चौकीमार्फत प्रहरी जवानलाई जस्तै म्यादीलाई डयुटीमा खटाइएको छ । 
‘भर्ना भइसकेका म्यादीलाई दोस्रो चरणमा चुनाव हुने भए पनि हामीकहाँ डयुटीमा खटाएका छौं,’ प्रहरी प्रमुख एकनारायण कोइरालाले भने, ‘हाम्रा सबै पुलिस युनिटमार्फत ५ सय ४८ म्यादी परिचालित छन् ।’ अहिलेदेखि नै उम्मेदवार र मतदातालाई सुरक्षा दिन रणनीति अपनाएको उनले बताए । 
‘भरसक यहाँ शान्तिपूर्ण नै चुनाव सम्पन्न गराउँछौं,’ उनले भने, ‘घटना हुन नदिन, मतदाता डरत्रासबाट जोगाउन पहिल्यै संवेदनशील छौं ।

अन्य समाचारहरु