हाँस्नु मात्र हैन जिवन ( गजल)

हरी गौतम (अर्घाखाँची)
-खनदह३|| हाल-भारत
 हाँस्नु मात्र हैन जिवन,रूनु पनी पर्छ एकदीन.!!
फक्रिएको फुल पनी त, ओईलीएर झर्छ एकदीन.!!
धनी-गरीब जे भएनी,सबै उस्को खेल हो यो,
धैर्य राख ईस्वरले नि..तिम्रो दु:ख हर्छ एकदीन.!!
आफ्नै हात हतीयार वनाई,यो समाजमा जियौ भने,
यही कलमको मसिले नि, नगर्ने काम गर्छ एकदीन.!!
भाग्यलाई दोष दीएर, जिउदो लास भई बाच्नु भन्दा,
नडराई अघी वढ्, दुखी जीवन टर्छ एकदीन.!!
दु:ख कष्ट जे पर्दा नि..मुस्कुराईदे यदी तिमी,
साथी तिम्रो साहश देखी, दैव पनी डर्छ एकदीन.!!
[[२”हाँस्नु मात्र होईन जिवन,रूनु पनी पर्छ एकदीन.!!
फक्रिएको फुल पनी त,ओईलिएर झर्छ एकदीन.२”]]