भुमिकास्थान नगरपालिकाको नुवाकोट पोखेडाँडामा राष्ट्रिय जनमोर्चाको चुनावी बैठक भेला सम्पन्न

फाइल तस्बिर 

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँचीमा निर्बाचन सरेपछि चुनाबी अभियानमा सुस्ताएका राजनितिक दलहरु फेरी चुनाबी अभियानलाई निरन्तरता दिन थालेका छन् ।
चुनाबी नतिजा आफ्नो पोल्टामा पार्न बैशाख ३१ को स्थानिय निर्बाचनको गतिबिधिलाई जिल्ला ब्यापि ब्यापक बनाएका दलहरु यस जिल्ला सहित चारवटा प्रदेशमा दोस्रो चरण आगामी जेठ ३१ गते निर्बाचन हुने भएपछि केही सुस्ताएका थिए । तर दोस्रो चरणको मिति पनि नजिकिएसंगै अर्घाखाँचीमा क्रियाशिल दलहरुले यतिबेला चुनाबी गतिबिधिलाई तिब्रता दिन थालेका हुन् ।
स्थानिय निर्बाचनको मिति नजिकिदैं जाँदा जित आफ्नो पोल्टामा पार्न दलहरुले चुनाबी गतिबिधिलाई तिब्रता दिदै गाउँ गाउँमा भेला,प्रशिक्षण,सभा जनभेटघाट लगायतका अभियानलाई तिब्र पार्न थालेका छन् । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाको निर्बाचन परिचालन समितिको बैठक आज नुवाकोटको पोखेडाँडामा बिभिन्न निर्णय गर्दै सम्पन्न भएको खबर प्राप्त भएको छ ।
राष्ट्रिय जनमोर्चाका नेता खड्क बहादुर थापाको अध्यक्षता,जिल्ला अध्यक्ष झविलाल थापाको प्रमुख आतिथ्यता र बाबुराम पन्थीको संचालनमा सम्पन्न भएको बैठकले यहि जेठको पाँच गते सम्म दशवटै वडाहरुमा वडा बैठक बसेर चुनाबी योजना बनाई जेठ सात गतेबाट घरदैलो भभियान संचालन गर्ने,वडा वडामा जनभेटघाटलाई ब्यापक बनाउँदै राष्ट्रिय जनमोर्चाका एजेण्डालाई जनता सम्म लैजाने लगायतका निर्णय गरेको बताइएको छ ।
राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाका मेयर पदका उम्मेद्धार कविराम खनाल,उप मेयर उम्मेद्धार सकुन्तला राना बिभिन्न वडाका वडा अध्यक्षहरु लगायतको बिशेष उपस्थिति रहेको बैठकले राजमो कार्यकर्ता नुवाकोट निवासी मान बहादुर सुनार बिरामी भई उपचारको निम्ती अस्पतालमा जानुभएकोले शिघ्र स्वास्थ्यलाभको कामना गर्दै एघार हजार छ सय चालिस रुपैंया आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ । 

अन्य समाचारहरु