खिल्जी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । स्थानीय तह दोस्रो चरणको निर्बाचनको मिति नजिकिए सँगै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियानलाई तिब्रता दिएको छ ।
राष्ट्रिय जनमोर्चाको भुमिकास्थान नगरपालिकाको वार्ड नम्बर – ६ साविक खिल्जीको किर्लुकमा चुनावी घरदैलो सम्पन्न भएको छ ।
चुनावी कार्यक्रममा वार्ड उम्मेदवार जिबलाल बन्जाडे लगायत बुद्दि राज बन्जाडे, निम बहादुर बस्नेत, शाबित्रा दमासे, लक्ष्मी नेपालीकाे टाेली सहभागीता रहेको थियो ।
भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाको तर्फबाट मेयर पदमा कबिराम खनाल र उपमेयरमा सकुन्तला रानाले उम्मेदवारी दिएका छन् । भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाको अन्य दलको तुलनामा बलियो रहेको र जित्ने संभावना बढी छ ।