अर्घाखाँचीमा एमाले, राष्ट्रिय जनमोर्चा र माओवादीले उम्मेद्धार टुंगायो कांग्रेसले सकेन

राष्ट्रिय जनमोर्चाको भुमेकास्थान नगरपालिका वार्ड न ३ धारापानीमा भएको चुनावी भेलामा । 

 प्रेमनारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची ८ जेठ  । फलानो पाटीबाट फलानो उठ्दै छरेनी,  त्यो पाटिको त राम्रो बहुमत छनी फलानो उमेद्धार भयो भनेत बिकास हुन्छनी, फलानोको त ब्यक्तिगत प्रभाब राम्रो छनी   चिया पसल , चौतारा र चोकहरुमा आज भोलि यस्तै कुराले स्थान पाउन थालेका छन । 
जिल्लामा चुनावी माहोल तात्दै जादा राजनितिक दलहरुले उम्मेद्धारहरुको पनि टुंगो लगाउदै छन । अर्घाखाँचीका तीन गाउँपालिका र तीन नगरपालिकामा मुख्यतः कांग्रेस एमालेकै प्रतिस्पर्धा हुने छ । तर कुनै कुनै ठाउँमा नेकपा माओवादी बलियो छ । 
अर्घाखाँचीमा जनसंख्याको हिसाबले सन्धिखर्क ठूलो नगरपालिका हो । यो नगरपालिकामा कांग्रेसलले उम्मेद्धार अझै टुंगाउन सकेको छैन । एमालेले मेयरमा कृष्ण प्रसाद श्रेष्ठ र उपमेयरमा इश्वरा पोख्रेललाई उम्मेद्धार बनाएको छ । माओवादी केन्द्रले मेयरमा ठाकुर विक र उपमेयरमा कमला भुसाललाई उम्मेद्धार बनाएको छ ।  कांग्रेसले नाम टुंगाउन सकेको छैन ।  मेयरमा कमल प्रसाद भुसालनै उठने चर्चा चलेको छ ।  कांग्रेस जिल्ला कार्य समितिको सभापति भैसकेका भुसाल जनतामा भिजेका लोकप्रिय नेता भएकोले उनैले टिकट पाउने र निर्वाचन पनि जित्न सजिलो हुने कांग्रेस नेताहरु बताउन्छन । 
२०७० सालको परिणाम अनुसार सन्धिखर्कमा एमाले बलियो भएपनि सात गाविस मिलेर बनेको सन्धिखर्क नगरपालिकामा कांग्रेसका मतदाता बढी रहेका छन । कांग्रेस, एमाले र माओवादी छुट्टाछुट्टै लडेमा कांग्रेसको मत बढी आउन सक्छ । तर यी तीनबीचमा कांग्रेस र माओवादी वा एमाले र माओवादीको तालमेल हुनसक्ने चर्चा चलेको छ । 
जिल्लाको अर्को नगरपालिका सितगंगा नगरपालिका हो । यहाँ एमालेबाट मेयरमा बसन्त श्रेष्ठ र उपमेयरमा गिता भाट उम्मेद्धार बन्ने भएका छन । माओवादीले मेयरमा टिका रेस्मी र उपमेयरमा सिता अधिकारीलाई उम्मेद्धार बनाउने निर्णय गरेको छ । कांग्रेसको तर्फबाट सूर्य अधिकारी र  छविलाल पौडेल,  मुख्य दाबेदारका रूपमा देखा परेका छन् । नाम टुंगिन सकेको छैन । 
अघिल्ला निर्बाचनको मत परिमाण हेर्दा कांग्रेस बलियो देखिए पनि यो नगरपालिकामा कांग्रेस एमालेकै प्रतिस्पर्धा हुने छ । समग्रमा चाहिँ कांग्रेस तुलनात्मक रूपमा राम्रो भएको अनुमान गरिएको छ । यो नगरपालिका पनि सातवटा साबिकका गाविस मिलेर बनेको हो । 
  अर्को नगरपालिका भूमिकास्थन हो । यहाँ  कांग्रेसबाट खडानन्द बेल्वासे र  प्रेम बेल्वासेको नाम चर्चामा छ ।  एमालेबाट मेयरमा पीताम्बर भुसाल, र उपमेयरमा सुनिता बेल्बासे उठ्ने एमालेले निर्णय गरेको छ । माओवादीबाट मेयरमा रेशम थापा र उपमेयरमा  छमकुमारी खनाल उठ्ने भएका छन ।  राष्ट्रिय जनमोर्चाबाट मेयरमा  कविराम खनाल र उपमेयरमा शकुन्तला थापा उम्मेद्धार बनेका छन । 
पणिनि गाँउ पालिकामा पएमालेबाट प्रमुखमा जीवनारायण कोइराला र उपप्रमुखमा लक्ष्मी गौतम , माओवादीवाट प्रमुख जाकिर हुसैन र उपप्रमुखमा विमला घिमिरे उठ्ने भएका छन । कांग्रेसले उम्मेद्धार टुंगाएको छैन । नेपाली कांग्रेसबाट इन्द्रमणि पौडेल,  अच्युत गौतम, श्यामनाथ कास्यप, यादव घिमिरे, मणिराम पौडेल । रामप्रसाद घिमिरे र रमेश खनाल आकांक्षी रहेका छन ।
 
छत्रदेव गाँउ पालिकामा एमालेबाट प्रमुखमा रिषि अधिकारी र उपप्रमुख मनिष पन्थी , माओवादीवाट प्रमुखमा प्रकाश ज्ञवाली र उपप्रमुखमा सारदा रायमाझि उठ्ने निर्णय भएको छ । कांग्रेस बाट वावुराम पौडेल, लेखनाथ पोख्रेल, बिष्णु भुसाल, केसब श्रेष्ठ , चन्द्रमान श्रेष्ठ र अनिता ज्ञवालीको नाम चर्चामा छ । 
मालारानी गाँउपालिकामा एमालेवाट प्रमुख बालकृष्ण आचार्य र उपप्रमुखमा प्रमिला क्षेत्री, माओवादीबाट प्रमुख पदम क्षेत्री उम्मेद्धार बन्ने निर्णय भएको छ । कांग्रेसवाट कृष्ण खनाल र लोकेन्द्र विकको नाम चर्चामा छ । तर निर्णय हुन सकेको छैन । 
दुई नगरपालिकामा कांग्रेसलाई बलियो मानिएको भएपनि २०७० सालको निर्वाचनमा माओवादी र एमालेका उम्मेदवार विजयी भएका थिए । माओवादीका टोपबहादुर रायमाझी र एमालेका दुमनसिंह थापा विजयी भएका हुन् । 
जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन कार्यालयले आफ्नो काम दु्रत गतिमा अघि बढाइरहेको जिल्ला निर्बाचन अधिकृत महेश पाण्डेले बताए । 

अन्य समाचारहरु