सन्धिखर्कलाई समृद्ध नगर बनाउने कांग्रेस उम्मेदवार कमल प्रसाद भुसालको अठोट


प्रेम आचार्य 
सन्धिखर्क, अर्घाखाँची ११ जेठ । नेपाली कांग्रेसका बरिष्ठ नेता तथा सन्धिखर्क नगरपालिकाका मेयरका उम्मेद्धार कमल प्रसाद भुसालले  कांग्रेसको नेतृतवमा संबिधान निर्माण भएको बताउदै स्थानीय तहको निर्वाचन पछि विकासका नयाँ आयामहरु कांग्रेसले ल्याउने बताउनु भएको छ । 
उहाले कांग्रेसले अर्घाखाँचीमा जीत हासिल गर्ने बताउदै कांग्रेस जनताको पाटी भएको बताउदै कांग्रेसले नजिते सम्म बिकास निर्माणका कार्य अगाडी बढ्न नसक्ने बताउनु भयो । 
 नेपाली कांग्रेसको चुनावी प्रचार प्रसार कार्यक्रमलाइ आज सन्धिखर्कको वांगलामा सम्बोधन गर्दै  उहाले यस्तो बताउनु भएको हो  । कार्यक्रममा मन्तब्य राख्दै  नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति पिताम्बर शर्मा भुसालले  कृषि र पशुपालन तथा पर्यटनको माध्यमबाट सन्धिखर्कलाई  समृद्ध नगर बनाउने कांग्रेसको अठोट रहेको  बताउनु भयो ।  उहाले सन्धिखर्कलाई नेपालकै नमुना नगर बनाउने कांग्रेसको एजेण्डा रहेको बताउदै सबैलाइ साथ दिन आग्रह गर्नु भयो । 
कांग्रेसका नेता रिषब अधिकारीले  सन्धिखर्कमा मन्तब्य राख्दै कांग्रेसको जीत सुनिस्चित भएको बताउनु भयो ।  कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयरका उम्मेद्धार कमल प्रसाद भुसाल, सन्धिखर्क नगरपालिका ५ नम्वर वडाका अध्यक्षका उम्मेद्धार राजेन्द्र भुसाल लगायतले मन्तब्य राख्दै समृद्ध नगर बनाउने बताउनु भएको थियो । 

अन्य समाचारहरु