घनश्याम पौडेल हिन्दू
सन्धिखर्क, अर्घाखाँची १२ जेष्ठ । नेपाली कांग्रेस अर्घाखाँचीले आउदो जेष्ठ ३१ गते हुने स्थानिय तहको निवार्चनमा आकाक्षी नेपाली कांग्रेसका पुर्व जिल्ला उपसभापती श्यामनाथ काश्यपले राजिनामा दिनुभएको छ । काश्यप नेपाली कांग्रेसको पुर्व जिल्ला सचिव र महासमिती सदस्यमा भएर काम गर्नुभएको थियो ।
काश्यपले राजिनामा आज सम्म नेपाली कांग्रेसमा बसी पुर्वि क्षेत्रबाट राम्रो योग्दान गर्नुभएको थियो । काश्यपको राजिनामामा आजदेखि नेपाली कांग्रेसको साधारण सदस्य पनी नरहने गरी जिल्ला कार्य समिती अर्घाखाँचीमा राजिनामा दिनुभएको छ ।
त्यस्तै टिकट वितरणको दिन जिल्ला सदस्य रामप्रसाद घिमिरे, पुर्व क्षेत्रिय सभापतीद्धय मणिराम पौडेल र रमेश खनालले पनी राजिनामा दिएका थिए । चारै जना नेपाली कांग्रेसबाट पाणिनी गाउँपालिकाका अध्यक्षका दाबेदार थिए, तर सल्लाह विना टिकट बाढेपछी पार्टीमा बस्नुको कुनै अर्थ नरहेको भन्दै राजिनामा दिएका हुन ।