अर्जुन भुसाल
धरमपानी, अर्घाखाँची जेठ १३ । सन्धिखर्क नगरपालिका वडा नम्वर १० अर्घा धरमपानीका विभिन्न विभिन्न ठाउँमा नेकपा एमालेका चुनावी सभाहरु सम्पन्न भएका छन् ।
वडा नम्वर १० को लामापोखरा, सिमलपानी, मिर्लिङ्गकोट गच्छेगौरा लगायतका ठाउँमा सभाहरु सम्पन्न भएका हुन ।
सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका जिल्ला कमिटी सचिवलाय सदस्य बुद्धिराम भुसालले एमालेले सन्धिखर्क नगरपालिको मेयर,उपमेयर सहितका सबै पदमा भारी मतले विजयी हासिल गर्ने दावी गर्नुभयो । उहाँले एमालेको जितले मात्र सुन्दर समृद्ध सन्धिखर्क नगरपालिका वन्ने बताउनुभयो । उहाँले एमालेको नौ महिने शासन काल र केपि ओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रभाव स्वरुप एमाले पहिलो पार्टीका रुपमा स्थापित भएको बताउनु भयो ।
सन्धिखर्क नगरपालिकाका मेयर पदका उम्मेद्वार कृष्ण प्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचनमा आफ्नो टिमको जित सुनिश्चित भएको भन्दै विजयी हासिल गरेपछि सन्धिखर्क नगरपालिकालाई मुलुककै नमूना नगरपालिकाको रुपमा विकास गर्ने बताउनुभयो । उहाँले वेरोजगारी समस्यालाई तत्कालै अन्त्य गर्ने गरि एक घर एक रोजगारको व्यवस्था मिलाउने बताउनुभयो । कृषि, पशुपालन र पर्यटन उद्योग मार्फत हरेक घरलाई रोजगारी दिने भन्दै उहाँले विकास निर्माणका कामहरुलाई द्रुत गतीमा सञ्चालन गर्ने बताउनुभयो ।
उपमेयर पदकी उम्मेद्वार इश्वरा पोख्रेलले शिक्षा, स्वास्थ्य खानेपानी, विद्युत र सञ्चार क्षेत्रको विकासमा विशेष ध्यान पु-याउने बताउनुभयो । उहाँले बृद्धवृद्धा, महिला, दलित, जनजाति, अपाङ्ग, पछाडी पारिएका वर्गको उत्थानका लागि विशेष खालका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य तथा सन्धिखर्क नगर कमिटी संयोजक युवराज श्रेष्ठ, जिल्ला कमिटी सदस्य विजुला रायमाझी, पुष्पा भुसाल, सन्धिखर्क नगर कमिटीका सचिव श्रीकृष्ण भुसाल, वडा नं. १० वडा अध्यक्षका उम्मेद्वार लक्ष्मीनारायण चुँदाली, युवा संघका जिल्ला अध्यक्ष गोविन्द आचार्य, एमाले सन्धिखर्क वडा नम्वर २ का अध्यक्ष टोपलाल खनाल लगायतको आतिथ्यता रहेको थियो ।