जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। नेपाली कांग्रेसले उम्मेदवारी चययन गरेसँगै घरदैलो अभियानलाई तिव्रता दिएको छ । कांग्रेस शितगंगा नगरपालिका ५ जुकेनामा घरदैलो अभियानलाई तिव्रता दिएको छ ।
घरदैलो अभियानमा नेपाली कांग्रेसका जिल्ला सचिव छविलाल पौडेलले कांग्रेसले सिंतगंगा नगरपालीका सजिलै जित्ने बताए । पौडेलले जुकेना गाविसले सितगंगा नगरपालीकाको उपमेयर कांग्रेसबाट उम्मेदवार पाएकोले उपमेयरकी उम्मेदवार मिना पौडेललाई जिताउन सवै लाग्नुपर्ने बताए ।
जुकेनाको थारपाइला,धनचौर,गल्दामा नेपाली काङ्ग्रेसको चुनाव प्रचार प्रसार कार्यक्रम ।
उपमेयरकी उम्मेदवार मिना पौडेलले सितगंगा नगरपालीकामा कांग्रेसले मात्र नमुना नगरपालीका बनाउन सक्ने भन्दै कांग्रेसले कृषि र पशुपालन तथा पर्यटनको माध्यमबाट सितगंगालाई समृद्ध नगर बनाउने कांग्रेसको अठोट रहेको बताईन ।
सितगंगा ५ वडा अध्यक्षका उम्मेदवार कमल पौडेलले जुकेनामा कांग्रेसको जित सुनिश्चत रहेकोले मतदातालाई भोट खेर नफाल्न आग्रह गर्नुभएको राज अधिकारीले जानकारी दिनुभयो ।
सितगंगामा कांग्रेसबाट मेयरमा महासमिती सदस्य सूर्यप्रसाद अधिकारी उम्मेदवार हुन ।