सन्धिखर्क नगरपालिकामा एमाले – राष्ट्रिय जनमोर्चाबीच तालमेल भएमा कृष्णप्रसाद श्रेष्ठले सजिलै जित्ने

( पहिलो प्रकासित मिती: २०७४ ज्येष्ड १५, सोमवार)
बाँयाबाट क्रमश: एमालेका मेयर पद उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ,  राष्ट्रिय जनमोर्चाकी मेयर पद उम्मेदवार कल्पना पोख्रेल र जनमोर्चाका उप-मेयर पद उम्मेदवार पशुपती ढकाल ।
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि अहिले अर्घाखाँची जिल्लामा चुनावी सरगर्मी बढेको छ ।
 
जिल्लाका नगरपालिका, गाउँपालिकामा राजनीतिक दलहरुले आ- आफ्नो पक्षका उम्मेदवारलाई विजयी गराउन लागि परेका छन् । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चा मात्र अगाडि रहेको देखिन्छ । यस्तै जिल्लाको सबैभन्दा ठुलो सन्धिखर्क नगरपालिकामा  नेकपा एमालेको अवस्था केही मजबुत रहेता पनि जिल्लाको तेस्रो राजनीतिक शक्ति राष्ट्रिय जनमोर्चासँग तालमेल भएमा मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले सजिलै जित्ने विश्लेषण गरिएको छ । 
सन्धिखर्क नगरपालिकामा साविक सन्धिखर्क, नरपानी, खाँचाीकोट, किमडाँडा, अर्घा, डिभर्ना, पाली – ९ र वाङ्ला गाविसहरू मध्ये  सन्धिखर्क गाबिस, खाचिकोटमा एमाले र राष्ट्रिय जनमोर्चाले २०७० सालको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जितेका थिए । किमडाँडामा भने राष्ट्रिय जनमोर्चा र डिभर्नामा एमालेले जितेको थियो । 
नरपानीमा पनि एमाले र राष्ट्रिय जनमोर्चाको अवस्था बराबर देखिन्छ । अर्घामा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा र वाङ्लामा नेपाली कांग्रेसको अवस्था मजबुद रहेको देखिन्छ ।  
समग्रमा राष्ट्रिय जनमोर्चा र एमाले बिच तालमेल भएमा साविक सन्धिखर्क, खाचिकोट, किमडाँडा, डिभर्ना, नरपानी र साविक पाली – ९ का सबै वार्ड जित्न सहज देखिन्छ ।  उता अर्को तर्फ कांग्रेस सभापती बिष्णु मुस्कानका अनुसार सन्धिखर्क नगरपालिकामा  कांग्रेस र माओवादी केन्द्र बिच तालमेल  नहुने भएको छ । 
साथै स्रोतका अनुसार एमाले (सुर्य) र राष्ट्रिय जनमोर्चा (गिलास) बीच तालमेल हुने बारेमा छलफल भईरहेको थियो । जसमा मेयर पदमा एमालेका कृष्ण प्रसाद श्रेष्ठलाई र उपमेयरमा राष्ट्रिय जनमोर्चाका पशुपती ढकाललाई दिने गरी सहमती हुन सक्ने बताइएको छ
श्रेष्ठ ब्याबसायिक र उधोग बाणिज्य संघ  सो क्षेत्रमा लामो अनुभव भ्एका कुसल योग्य चर्चित ब्य्बसायिक र राजनीतिक  क्षेत्रमा राम्रो अनुभव भ्एका कुसल योग्य क्षमतावान सामाजिक ब्यक्तित्व पनि हुन ।  
अर्घाखाँची जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा माओवादी केन्द्रको अवस्था कमजोर रहेको देखिन्छ । जिल्लामा नयाँ शक्ती, मोहन वैद्य माओवादी र विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि छुट्टा – छुटै माओवादी केन्द्र भन्दा आ- आफ्नो अवस्था राम्रो रहेको दावी गरेका छन् । 
जिल्लामा केही स्थानिय नेता कार्यकर्ता यताउती लागेपनि समग्र जिल्लामा सबै राजनीतिक दलको संगठन अवस्था लगभग पहिलाको जस्तै रहेको देखिन्छ । 
सन्धिखर्क नगरपालिकाका १२ वार्डमा २४ हजार ६ सय ४२ जना कुल मतदाता रहेका छन् । जसमा पुरुष मतदाता ११ हजार ५ सय ४५ जना र १३ हजार ९७ जना महिला मतदाता रहेका छन् ।  
२०७० सालको परिणाम अनुसार सन्धिखर्कमा एमाले बलियो भएपनि सात गाविस मिलेर बनेको सन्धिखर्क नगरपालिकामा कांग्रेसका मतदाता पनि धेरै रहेको अनुमान छ ।
दाँयाबाट क्रमश मेयर पद उम्मेदवारहरु:-  माओबादी केन्द्र ठाकुर कुमार बिक, कांग्रेस कमल प्रसाद भुसाल, एमाले कृष्ण प्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चा कल्पना पोख्रेल ।

सन्धिखर्क नगरपालिकाका मेयर पदका उम्मेदवारहरु
एमाले:-
सन्धिखर्क नगरपालिकामा एमालेले  कृष्ण प्रसाद श्रेष्ठलाई मेयर पदको रुपमा उम्मेदवार उठाएको छ । श्रेष्ठ नेकपा एमाले जिल्ला कमिटी सदस्य ,नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा अर्घाखाँची उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष हुन । 
कांग्रेस:
नेपाली कांग्रेसले कमल प्रसाद भुसाललाई मेयर पदको रुपमा उम्मेदवार उठाएको छ । भुसाल पुर्ब जिल्ला समिती सभापति हुन् । 
राष्ट्रिय जनमोर्चा:
राष्ट्रिय जनमोर्चाले कल्पना पोख्रेललाई मेयर पदको रुपमा उम्मेदवार उठाएको छ । पोख्रेल अखिल नेपाल महिला संघ पुर्ब जिल्ला कमिटी अध्यक्ष ,हाल केन्द्रिय कोषाध्यक्ष तथा महिला नेत्री हुन् । 
माओबादी केन्द्र:
माओबादी केन्द्रले  ठाकुर कुमार बिकलाई मेयर पदको रुपमा उम्मेदवार उठाएको छ । बिक केन्द्रिय पोलिट्ब्युरो सदस्य, जिल्ला संयोजक हुन् । 
नयाँ शक्ति नेपाल
नयाँ शक्ति नेपालले यमुना भुसाललाई मेयर पदको रुपमा उम्मेदवार उठाएको छ । अहिले सम्म अविवाहित भुसाल राष्ट्रिय जनमोर्चाकी पुर्व केन्द्रिय सदस्य हुन् । पछि माओवादी हुँदै नयाँ शक्तिमा छिन् ।    
   
राष्ट्रिय जनमोर्चाकी मेयर पदको उम्मेदवार कल्पना पोख्रेल नरपानीमा चुनावी प्रचारका क्रममा (दाँयाबाट तेस्रो) । 

 यो पनि हेर्नुस्:-

अन्य समाचारहरु