प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट देशका विभिन्न शहरमा लंका यातायात संचालनमा आउने भएका छ ।
अहिले सन्धिखर्कबाट बुटवल सम्म सेवा संचालन गरेपनी केही समयपछि काठमाडौं, पोखरा, नेपालगन्ज, दाङ, कृष्णनगर लगायतका ठाउँमा गाडी संचालनमा आउने लंका यातायात प्रा. लि . का अध्यक्ष कृष्ण भुसालले अर्घाखाँचीडट्कमलाई जानकारी दिए ।
लंका यातायात प्रा. लि . का ८ वटा सिट भएको स्कार्पियो गाडीमा यात्रा गर्दा नेपाल सरकारको भाडा दर अनुसार हुने बताइएको छ ।
यस गाडीमा रिजर्भ गर्दा ४ हजारमा बुटवलसम्म भाडा लाग्नेछ । जबकी एम्बुलेन्स रिजर्भ गर्दा बुटवलसम्म ५ हजार ५ सय लिदै आइएको छ ।
तस्बिर: फेसबूकबाट