राष्ट्रिय जनमोर्चाको चुनाबी कार्यक्रम ढिकुराको गौचोर, चरेपानी, सानाडेभा, गैरागोठ, माइकाथान, रातापहरा र सैनडाँडामा सम्पन्न

गोपाल प्रसाद भट्टराई
ढिकुरा,अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालीकाले तय गरेको निर्बाचन बिशेष कार्यक्रम अन्तरगत आज राष्ट्रिय जनमोर्चाले भुमिकास्थान नगरपालीकाको वडा नम्बर ९ ढिकुराको गैरागोठ, माइकाथान, रातापहरा र सैनडाँडामा घरदैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय जनमोर्चा लुम्बिनी-राप्ती क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बि.सी.ले ठुला दलहरुमा देखिएको अर्कमण्यता र लम्पसारवादका कारण मुलुकको स्वाधिनता माथी गम्भिर आँच आएको दाबी गर्दै मुलुकको राष्ट्रिय अखण्डता,विकास र समृद्धिको निम्ती देशभक्त शक्तिहरु एक हुनुको बिकल्प नभएको जिकिर गर्नुभयो ।यस्तै राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाका मेयर पदका उम्मेद्धार कविराम खनालले मन्तव्य राख्दै राष्ट्रियताको रक्षार्थ राष्ट्रिवादी शक्तिहरु बलियो हुनुपर्ने बताउँदै यसका निम्ती आसन्न स्थानिय निर्बाचनमा राष्ट्रिय जनमोर्चाको चुनाब चिन्ह गिलासमा मतदान गर्न आग्रह समेत गर्नुभएको छ ।
भुमिकास्थान नौं ढिकुरा राष्ट्रिय जनमोर्चाका अध्यक्ष पदका उम्मेद्धार नारायण प्रसाद घिमिरेको अध्यक्षता,सदस्य लक्ष्मण के.सी.को स्वागत मन्तव्य र सुन्दरा रायमाझीको संचालनमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार यमलाल पोख्रेल,जिल्ला सचिव गोपाल पौडेल, भुमिकास्थान नगरकी उप-मेयर पदकी उम्मेद्धार सकुन्तला राना, अखिल नेपाल उद्योग ब्यापार संघका दुर्गा प्रसाद खनाल, अखिल नेपाल युवक संघका जिल्ला सह-सचिव ठाकुर पन्थी र अखिल छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी.को आतिथ्यता रहेको थियो । 
आसन्न स्थानिय निर्बाचनको निम्ती राष्ट्रिय जनमोर्चाले प्रजातान्त्रिक बिकेन्द्रियता संविधानको कार्यान्वयन,स्थानिय विकासका लागि राष्ट्रिय जनमोर्चालाई मतदान मुल नारा तय गरेको छ ।

अन्य समाचारहरु