भुमिकास्थान नगरपालिकाकाे धारापानीमा राष्ट्रिय जनमाेर्चा निकट युबक संघकाे चुनावी कार्यक्रम सम्पन्न


श्याम घिमिरे 
धारापानी, अर्घाखाँची ।  स्थानीय तह दोस्रो चरण निर्बाचनको मिति नजिकिए संगै जिल्लामा यतिबेला विभिन्न राजनितीक दलहरूले चुनावी अभियानलाई तिब्रता दिएका छन । यसै  क्रममा  राष्ट्रिय जनमाेर्चा  निकट अखिल नेपाल युबक संघ जिल्ला समिति अर्घाखाँचीकाे अायाेजनामा भुमिकास्थान नगरपालिका वडा नम्बर ३र४ काे संयुक्त भेला धारापानीकाे मदनडाँडामा सम्पन्न भएकाे छ । 
भेलाले राष्ट्रिय जनमोर्चाको तर्फबाट भुमिकास्थान नगरपालिकामा उठेका उम्मेदवारहरुलाई बिजयि गराउनकाे निम्ति व्यापक रूपमा प्रचार प्रसारमा लाग्ने निर्णय गरेको छ । झबिन्द्र चुँदालिकाे अध्यक्षता र ठाकुर पन्थिकाे स्वागत मनतब्य र पशुपति बन्जाडेको सन्चालनमा सम्पन्न भएको भेलामा कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल युबकका संघ केन्द्रीय महासचिव बाबुराम पन्थी ,राजमाे केन्द्रीय सदस्य झबिलाल थापा,राजमाे नेता सागर केसि,भुमिकास्थान नगरका प्रमुख  पदका उम्मेदवार कबिराम खनाल , राजमाे नेता ज्ञानु पाण्डे ,प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य श्याम घिमिरे लगायतले  मन्तव्य राख्दै देशलाई बन्दक राखेर चुनाब जित्नेहरुलाई नेपाली जनताले ठेगान लगाउनुपर्ने बताउनुभयो । उहाँहरुले कुनैपनि ढाटछल नगरी जनताको दु:ख,सुखसंग खेल्न सक्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्रै भएको दाबी गर्दै राष्ट्रिय स्वाधीनताको निम्ति राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई गिलास चिन्हमा मतदान गरि जिताउन आग्रह समेत  गर्नुभएको थियाे  । सयौं युबाहरुको उपस्थितिमा सम्पन्न भएको भेलाले वडानम्बर ३ मा सागर पाेख्रेल संयाेजक र वडानम्बर ४ मा झबिन्द्र चुँदालि संयोजक रहेकाे ५१/५१  सदस्यीय  अखिल नेपाल युबक संघ धारापानिको गठन समेत गरेको पत्रकार श्याम घिमिरेले  जानकारी दिनुभएकाे छ ।
त्यसैगरि भुमिकास्थान नगरपालिका वडानम्बर १  अन्तरगत ढाकावाङ्गकाे साम्नेखाेलामा पनि अखिल नेपाल युबक संघकाे वडाभेला तथा प्रशिक्षण कार्यक्रम सम्मन्न भएकाे छ । प्रकास खनालकाे अध्यक्षता शान्ता खनालकाे स्वागत मनतब्य र रामबहादुर नेपालीको सन्चालनमा सम्पन्न भेलाले  प्रकाश खनाल संयाेजक र जनक खनाल सह संयाेजक रहेकाे २१ सदस्यीय अखिल नेपाल युबक संघ वडा कमिटिकाे गठन गरेकाे छ । भेलामा राष्ट्रिय जनमोर्चा ढाकाबाङका नेता खड्क बहादुर थापा, भाेजराज खनाल, अर्जुन खनाल, लालबहादुर राना, डेमबहादुर घर्ती ,नमराज खनाल लगायतकाे बिशेष उपस्थिति रहेकाे थियोे । 

अन्य समाचारहरु