छत्रदेव गाउँपालिकाको बल्कोट सानाबारीमा सार्वजनिक सुनुवाई सम्पन्न

बल्कोट । फाइल तस्बिर  

अर्जुन भुसाल
बल्कोट, अर्घाखाँची जेठ २७ ।  शिव मन्दिर महिला कृषि समुह छत्रदेव गाउँपालिका  साविक बल्कोट ४ सानाबारीमा  केयुविके कार्यक्रम अन्तर्गत जिल्ला गुणस्तरीय खाद्यन्न तथा  तरकारी विउ उत्पादन उपभोक्ता  उपआयोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । 
केयुविकेको सहयोगमा  समुहले  ६ ओटा घौटा निर्माण गरि सिमि र  गौको विउ उत्पादन गर्न लागेको छ ।  सार्वजनिक सुनुवाइमा नेपाली कांग्रेसका जिल्ला सचिव विष्णु भुसाल, एमालेका वडा अध्यक्ष तेजप्रसाद खनाल, समुहको तर्फबाट कमला पाण्डे, जमुना आचार्य लगायतले मन्तव्य राखेका थिए ।  उनीहरुले कृषकहरुको जीवन स्तर उकास्नका लागि केयुविकेको कार्यक्रम प्रभावकारी बन्ने विश्वास समेत व्यक्त गरे ।    
कार्यक्रम मिना पाण्डेको अध्यक्षता, रुपा पाण्डेको स्वागत मन्तव्य र भुवना पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु