विक्रम पाण्डे समान्ता
डिभर्ना, अर्घाखाँची जेष्ठ २६ । नेपाल तरुण दल सनपा १२ को बैठक आज सम्पन्न भएको छ । बैठक सनपा १२ डिभर्ना सल्लिकोटमा सम्पन्न भएको हो ।
बैठकमा नेपाली काङग्रेस वडा सभापति लिलाभर बस्याल , तरुण दल जिल्ला अध्यक्ष तथा वडा नं १२का अध्यक्ष पदका उम्मेदवार नारायण खड्का तथा सयौँ युवा तरुण दलको सहभागिता रहेको बताइएको छ ।
बैठकले विभिन्न टोल कमिटीको गठन गरेको छ । कमिटिले आप्ःनो चुनाबी प्रचार प्रसारलाई तिब्रता दिने निर्णय गरेको छ ।
आफुले चुनाव जिते कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका अध्यक्ष पदका उम्मेदवार खड्काले एक जुट भएर चुनावी प्रचारमा लाग्न दरुण दलका युवाहरुलाई निर्देशन दिएका छन् । खड्काले आफुले समृद्ध वडा निर्माणको लागी स्पष्ट एजेण्डा रहेकोले जनता नेपाली काङग्रेसलाई भोट दिन आतुर रहेको बताएका छन् ।