मालारानी गाउँपालिकाको हसंपुरमा छ थान जंगली जनाबरको छाला सहित एक जना पक्राउ

गोपाल प्रसाद भट्टराई
हसंपुर,अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको मालारानी गाउँपालिका -६ हसंपुरमा छ थान जंगली जनाबरको छाला सहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ६ निवासी ५० बर्षिय फर्स बहादुर रानाले संरक्षित जंगलि जनावरको  सिकार गरि छाला बिक्रिबितरण गर्दै आइरहेको बिशेष सुराकीको आधारमा जानकारी पाएपछि आज बिहान अभियुक्तको घरमै पुगेर खान तलासी गर्दा बिभिन्न साइजका छ थान जंगलि जनाबरको छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
संरक्षित जंगली जनाबर रतुवाको जस्तो  देखिने छ थान छाला सहित पक्राउ परेका अभियुक्त रानालाई थप अनुसन्धानको निम्ती जिल्ला बन कार्यालयमा पठाउने गरि हाल जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको हिरासतमा राखिएको खबरमा उल्लेख गरिएको छ ।

अन्य समाचारहरु