हृदयकुमार भुसाल
भूमिकास्थान, अर्घाखाँची । नेकपा एमाले निकट युवा संघ नेपाल भूमिकास्थान नगर संगठन कमिटिले संगठनको गठन, पुनर्गठन तथा चुनाव प्रचार प्रसार कार्यलाई तिव्रता दिएको छ। स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा प्रचार प्रसार अभियान संगै युवाहरु पार्टीका नीति तथा कार्यक्रम लिएर टोलटोलमा पुगेका छन्। सोहि अभियान अन्तर्गत नगरपालिकाको वाडं नं ७ र ८ मा संगठन उत्साहजनक कमिटी निर्माण गरि प्रचार प्रसारमा जुटेको छ।
नगरपालिकाको वाडं नं ७ मा कुलचन्द्र आचार्यको अध्यक्षतामा ११७ सदस्यीय चुनाव प्रचार प्रसार समितिको गठन सहित कमिटि पुनर्गठन गरिएको छ। उक्त भेलालाई युवासंघ नेपालका अञ्चल कोषाध्यक्ष एंव कार्यक्रमका प्रमुख अतिथि हुमलाल गैरे, पार्टी नगर कमिटि सदस्य तथा वाडं नं ७ का वडाध्यक्ष प्रत्यासी तारा मल्ल, नगर कमिटि सदस्य तथा प्रेस चौतारी नेपाल अर्घाखाँचीका कार्यवाहक अध्यक्ष ह्रृदय भुसाल, किसान महासंघका केन्द्रिय प्रचार विभाग सचिव विनोद भुसाल लगायतले सम्वोधन गरेका थिए। वक्ताहरुले युवाहरुको भावनालाई केन्द्र भागमा राखि युवा स्वरोजगार, उद्यमशीलता र सुचना प्रविधिको विकासमा भूमिकास्थानमा एमाले मेयरका प्रत्यासी पिताम्बर भुसालले अघिसारेका अवधारणाहरुको चर्चा गरेका थिए।
सोहि कार्यक्रममा करिव १ दर्जन व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन्। कार्यक्रममा नगर कमिटी सचिवालय सदस्य झुपलाल खनाल, युवासंघ नगर कमिटिका सदस्यहरु हरि गैरे, पदम श्रेष्ठ, ठाकुर श्रेष्ठ, रामचन्द्र ढुंगाना, पार्टीका वडा स्तरिय नेताहरु र ज्ञानबहादुर वली लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रम पार्टी वडा कमिटी सह संयोजक घनश्याम आचार्यको अध्यक्षता, नवराज सिहं ठकुरीको संचालन र कुलचन्द्र आचार्यको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।