अर्घाखाँचीका दलित मुक्ति आन्दोलनका अगुवाा रामलाल सुनारको निधन, हंसपुरमा दाहसंस्कार हुँदै

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । मुक्ति समाज नेपाल अर्घाखाँचीका पूर्व अध्यक्ष तथा नेकपा एमाले स्कुल बिभाग सदस्य रामलाल सुनारकाे बिहीवार उपचार गर्न लैजाने क्रममा बाटोमै निधन भएको छ । 
मालारानी गाउँपालिका वडा नं. ८, हंसपुर थपकोट ( साविक हंशपुर गाबिस वार्ड न. ३) निवासी श्री सिद्धार्थ उच्च मा बिका पुर्व प्रधानध्यापक, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य, नेकपा एमाले पुर्व केन्द्रीय बिभागीय सदस्य, मुक्ति समाज अर्घाखाँचीका संस्थापक, दलित मुक्ति आन्दोलनका अगुवाा रामलाल सुनारको ६२ बर्षको उमेरमा  मृत्‍यु भएको हो । 
सुनारको घरमा एक्कासि बेहोस भई उपचारको निम्ति बुटबल लगिएको थियो । साथै डाक्टरको सल्लाह अनुसार थप उपचारको लागि मेडिकल कलेज भरतपुर लैजाने क्रममा बिहीवार दिउँसो निधन भएको हो । 
सुनारको पार्थिक शरिर दाहसंस्कारको लागि थप्कोट हंशपुर लगिएको छ ।  दाहसंस्कार एवम अन्तिम श्रद्धाञ्जलीका लागि  नेकपा एमाले स्थायी कमिटी सदस्य तथा दिबंगत सुनारका सम्धी छबिलाल बिश्वकर्मा,  केन्द्रिय सदस्य नजिर मिँया, जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्य लगायत अन्य एमाले जिल्ला कमिटीका नेताहरुको हंसपुर समशान घाटमा उपस्थिती रहने बताइएको छ । 

अन्य समाचारहरु