सन्धिखर्क फुदवाङका समाजसेवी नरहरी सेजवालको ४४ बर्षको उमेरमा निधन

फुदवाङ, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क – ७ स्थित फुदवाङका समाजसेवी नरहरी सेजवालको ४४ बर्षिय उमेरमा निधन भएको छ ।
सेजवालको एक्कासी हृदयाघातका कारण आज सोमबार बिहान ९ बजे फुदवाङ घरमा निधन भएको हो ।  
आफन्त जगत सेजवालले अर्घाखाँचीडट्कमलाई बताए अनुसार लामो समय वैदेशिक रोजगारको शिलसिलामा साउदी अरेबिया पुगेका सेजवाल पछील्लो समय नेपाल फर्केर फुदवाङ, खाचिकोटका बिभिन्न क्षेत्रमा समाजसेवा गर्दै आएका थिए । 
स्व. सेजवालका एक श्रीमती र छोरी छन् । सेजवालको निधनले फुदवाङ बजार शोकमा छ । साथै सेजवालको दाहसंस्कार आजै बागी खोलामा गरिएको छ ।  

अन्य समाचारहरु