प्रेम आचार्य
चिदिका, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको अध्यक्ष पदका एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका ऋषिराम अधिकारीले राजयकोषबाट प्राप्त हुने तलब-भत्ता तथा अन्य सेवा सुविधा नलिने घोषणा गर्नु भएको छ ।
ऋषिराम अधिकारी बाँयाबाट तेस्रो ।
२०५४ सालको चुनावमा चिदिका गाविसको अध्यक्ष जितेका अधिकारीले ५४ मा पनि तलब तथा सेवा सुविधा नलिइ नागरिकको सेवामा खर्च गरेको बताउँदै गाउँपालिका अध्यक्षमा विजयी भएमा नागरिककै सेवामा खर्च गर्ने बताउनु भएको हो । मंगलबार भएको चुनावी सभामा उहाँले यस्तो बताउनुभएको हो ।