मालारानी गाउँपालिकाको हंसपुरमा विषादी खाँदा एक बालकको मृत्‍यु

हंसपुर ।
हंसपुर, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको हंसपुरमा विषादी खाँदा एक बालकको मृत्‍यु भएको छ ।  
मालारानी गाउँपालिका वडा नं. ६, साविक हंसपुर – १ को घैयारका उमकान्त पौडेलका १२ बर्षिय छोरा आशिष् पौडेल घरमा राखेको बिषादी झुक्किएर खाँदा मृत्यु भएको हो ।
बालक आशिषको सुन्तलामा लाग्ने रोगको बिषादी आज शुक्रबार बिहान ९:३० बजे अज्ञानबस खाई खाएका थिए । बालक तत्काल उपचारका लागि जिल्ला अस्पतालमा ल्याउदा ल्याउदै गर्दा बाटोमा निधन भएको हो ।
बालकलाई शुरुमा नजिकको प्राथमिक उपचार केन्द्रमा लगिएको थियो । उनीकी जेठो छोरा भएको र हाल न्यु सनराइज ईङगलिस बोडिङ स्कुल म्यालपानीमा कक्षा २ मा अध्ययनरत थिए । उनिकी एक बहिनी छिन् । 
 

अन्य समाचारहरु