गोरसिंगेमा १९ बर्षिया युवतीलाई अर्घाखाँचीका दुई युवाद्वारा सामूहिक बलात्कार, दुवै एमाले, कांग्रेस कार्यकर्ता


अर्घाखाँची डट्कम संवाददाता 
गोरसिङे ( अर्घाखाँचीडट्कम) । कपिलवस्तु जिल्लाको बुद्धभूमी नगरपालिका वार्ड नम्बर – २ गोरसिंगेमा मंगलबार सामूहिक बलात्कारको आरोपमा अर्घाखाँचीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची घर भई हाल गोरसिङे बस्ने गोरुसिंगेका सागर पोख्रेल तथा सुनिल अग्रहरी रहेको बताईएको छ । उनिहरुको घर अर्घाखाँची कहाँ हो भन्ने खुल्न सकेको छैन् ।
गजेहडाकी अन्दाजी १९ बर्षिया युवती सामूहिक बलात्कारमा परेकी हुन् । युवतीका अनुसार आफु साथी संगै गोरुसिंगे स्थित अर्घाखाँची चोक किनारमा बसिरहेको बेला एमालेको सूर्य चिन्हको टिर्सट र अर्काे रुख चिन्हको टिर्सट लगाएका दुई युवाले बलात्कार गरेको बताएकी छिन् । ईलाका प्रहरी कार्यालय गोरसिंगेले घटनामा संगल्न दुई जनालाई प्रकाउ गरेर म्याद थप गरि कारवाही अघि बढाएको प्रहरीले बताएको छ । 
यस्तै युवतीको मेडिकल जाँच गरी बलात्कारको पुष्टि भएको प्रहरीले बताएको छ ।
घट्नाका प्रत्यक्षदर्शीहरुका अनुसार मंगलबार   दिउसो करिब ३ः३० बजे युवकलाई कुटपिट गरेर लखेटेको र युवतीलाई जर्बजस्ती सडक संग जोडिएकै त्रिशुली सामुदायिक बनको जंगलमा लगेको बताएका छन् । 
उता एमाले, कांग्रेस नेता तथा कार्यकर्ताले निर्वाचनका बेला आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै प्रहरीलाई मुद्धा फितलो बनाउन व्यापक दबाब दिएका छन् । ‘घटना मिलाउन इलाकामा दबाब आएपनि अनुसन्धान भईरहेको छ नियमानुसार कारवाही गर्छौ’ जिल्ला प्रहरी नायब उपरिक्षक प्रह्लाद अधिकारीले बताए ।
आरोपी सागर पोख्रेल अनेरास्ववियुका इकाइ सदस्य तथा म्यादी प्रहरी समेत रहेको प्रहरीको भनाई छ ।

अन्य समाचारहरु