अर्घाखाँची डटकम सम्वाददाता
डिभर्ना, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेकपा एमालेले सन्धिखर्कको डिभर्नामा शनिबार गरेको चुनावी सभामा समाचार संकलमा खटिएका पत्रकारलाई एमाले कार्यकर्ताहरुले अभद्र ब्यवहार गरेका छन् ।
पूर्व मन्त्री समेत रहेका एमाले केन्द्रीय नेता प्रदिप ज्ञवाली लगायतले सम्बोधन गरेको कार्यक्रममा भिडियो गरिरहेका नयाँ एफ.एम.का समाचारबाचक बिक्रम पाण्डेको क्यामेरा खोसी एमाले कार्यकर्ताहरुले भिडियो डिलिट गरिदिएको पाण्डेले बताएका छन् ।
एमाले कार्यक्रम चलिरहेको बाटो हुँदै काँग्रेसको झन्डावाल गाडी अगाडी बढ्ने क्रममा होहल्ला भएको र होहल्लाको भिडियो बाहिर नलैजानु भन्दै क्यामेरा खोसेर भिडियो डिलिट गरिएको बताएका छन् ।
समाचार संकलनको क्रममै रहेका पत्रकारको क्यामेरा खोसेर एमाले कार्यकर्ताहरुले गम्भिर गल्ती गरेको भन्दै नयाँ एफ.एम.ले घटनामा दोशी रहेकालाई पहिचान गरि कारवाही गर्न माग गरेको छ ।