कसले गर्ला भूमिकास्थान नगरपालिकामा नेतृत्व ? राष्ट्रिय जनमोर्चाका मेयर उम्मेद्वार कविराम खनालको भूमिकास्थानको मुहार फेर्ने अठोट


कृष्ण खनाल
ढाकावाङ, अर्घाखाँची । साविक ढाकावाङ, धरापानी, असुरकोट,खिल्जी, नुवाकोट, ढिकुरा र धनचौर गाविस मिलेर बनेको नगरपालिका हो  भूमिकास्थान  । ढाकावाङ्ग गाविसको भुमेकास्थान मन्दिरको नामबाट नामाकरण गरिएको उक्त नगरपालिका जिल्लाको दोस्रो नगरपालिका हो । यो संगै सन्धीखर्क नगरपालिका र सितगंगा नगरपालिका रहेका छन् । अर्घाखाँची जिल्लाको पश्चिम प्युठान जिल्ला संग सिमाना जोडीएको यो नगरपालिका अहिले चार दल चुनावी मैदानमा बढि देखिएका छन् । राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, नेपाली काग्रेस र माओवादी केन्द्र । 
राष्ट्रिय जनमोर्चाबाट ढाकावाङ्ग स्थायी घर भएका कविराम खनाल लाई मेयरको रुपमा अगाडी सारेको छ भने  उपमेयर पदमा उपमेयरमा शकुन्तला रानालाई अगाडी सारेको छ । यस्तै नेकपा एमालेबाट पिताम्बर भुषाल मेयर पदमा र उपमेयर पदमा सुनिता बेल्बासलेलाई अगाडी सारेको छ ।   नेपाली काग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । जसमा मेयर पदमा माओवादी केन्द्रका रेशम थापा र उपमेयरमा नेपाली काग्रेसका खडा नन्द बेल्बासेलाई अगाडी सारेको छ । माओवादी केन्द्रबाट मेयरमा रेशम थापा , नयाँशक्तीबाट मेयरमा प्रेम बन्जाडे र उपमेयरमा गगां घिमिरे,  राप्रपाबाट मेयरमा धनबहादुर रायमाझी र उपमेयरमा प्रवित्रा पौडेलले उमेद्वारी दिएका छन् । उक्त नगरपालिकामा  कुल १८ हजार ३ सय ८ मतदाता रहेका छन् ।  जसमध्ये ८ हजार ७ सय ६५ पुरुष मतदाता रहेका छन् भने ९ हजार ५ सय ४३ महिला मतदाता रहेका छन् ।
भूमिकास्थानको मुहार फेछौं
कविराम खनाल
मेयर पदका उमेद्वार, राष्ट्रिय जनमोर्चा 

कृषि पशुपाललाई आधुनिकीकरण गर्दै आत्मनिर्भर बनाउने, सडक स्तर उन्नती गरी सर्वशुलव यातायात सञ्चालन गर्ने, जनताको पहुमा स्वाथ्य सेवा अगाडी बढाउने योजना खनालको रहेको छ । यस्तै बृद्धवृद्ध, असाहाय, अपाङ्गता भएका व्याक्ति, लाई निशुल्क स्वासथ्य सेवा प्रदान गर्ने, नगरपालिका भित्र बगैचा संरक्षणगर्दै नमुना पार्क निर्मार्ण, शिक्षामा १२ कक्षा सम्म निशुल्क शिक्षा, खानेपानी, विद्युत र सिंचाईको व्यवस्थापन र्गे, सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरी प्राविधि शिक्षा सञ्चालन गर्ने योजना उनको रहेको छ । यस्तै बेरोजगार युवाहरुको लागि सिप विकास र उत्पादनमा जोड दिने गरी  रोजगारीको वातावरण सृजना गर्ने उनको योजना रहेको छ । बजेट वितरणलाई व्यवस्थापन गर्ने, गर्भवती, सुत्केरी दलित जनजातिहरुको उत्थानमा विशेष कार्यक्रम सञ्चालन गर्ने योजना उनको रहेको छ । यस्तै यस्तै  सेङ्गलेङ्ग लेकको संरक्षण र प्रर्वद्र्धन, दुरवाङ्गm छिर्लिङ्गखोला, खाकाबेसी, साम्नेखोला, लम्ची खेला लगायतका फाँटमा सिंचाईको व्यवस्थापन गर्ने योजना उनले अगाडी सारेका छन् । कृषि र पशुपालनलाई व्यवस्थति गरी समृद्धि नगरपालिका बनाउने उनको योजना अगाडी रहेको छ । 
बेरोजगारि र युवाहरुको विदेश पलायन हाम्रो नगरमा ठूलो समस्याको रुपमा रहेको छ । युवा पलायन रोक्न युवा रोजगार बैंक स्थापना गरि सामुहिक कृषि प्रणालि मार्फत रोजगारी सिर्जना गर्ने हाम्रो योजना छ । एक गाउँ एक  महिलाहरुलाईआत्मनिर्भर बनाउन घरेलु उद्योग सञ्चालन गरि रोजगारी सिर्जना गर्ने योजना छ । विद्युत र सिचाईलाई एकिकृत रूपमा विकास र व्यवस्थापन गर्ने पनि हाम्रो योजना छ अगाडी सारेका छन् । । भूमिकास्थानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने र विशेष गरि लुम्बिनी भम्रणमा रहेका विदेशी पर्यटकहरुलाई लक्षित गरि एक ट्रेकिङ्ग रुटको सुरुवात गर्ने लगायतका योजनाहरु छन ्। 
भूमिकास्थानलाई सम्वृद्ध र नमुना नगरपालीका बनाउने हाम्रो सोच छ
पिताम्बर भुषाल, 
मेयर पदका उमेद्वार, नेकपा एमाले । 
शिक्षास् कम्प्युटर शिक्षा बिद्यालय पाठ्यक्रममा अनिवार्य, प्रत्येक माध्यमिक विद्यालयमा कम्प्युटर तथा विज्ञान प्रयोगशाला, स्मार्ट स्कुल, ई(पुस्तकालय र ई(शिक्षाको सुरुवात, नीजी विद्यालयहरुमा केहि प्रतिशत सिट गरिब, दलित र सिमान्तकृत बिद्यार्थीहरुलाई, सम्पूर्ण विद्यालयहरू शारीरिक र मानसिक सजाँयमुक्त, अपांग विद्यार्थीहरुको शिक्षाका लागि विशेष व्यवस्था, विद्यालयहरूलाई फ्री वाईफाई जोनका रुपमा विस्तार गर्दै लगिने, नगरमा एक नमुना विद्यालय र प्रतिभाशालि विद्यार्थीलाई प्रोत्साहन गर्न भुमिका छात्रवृत्तिको स्थापना गर्ने योजना रहेको छ । भूमिकास्थानलाई सम्वृद्ध र नमुना नगरपालीका बनाउने हाम्रो सोच छ।
स्वास्थ्यस् नगरवासीका निम्ति निशुल्क तथा गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा,नगरपालिकाको केन्द्रमा कम्तिमा ५० शैया र सर्जिकलसुविधा सहितको अस्पताल, सबैका निम्ति स्वास्थ्य बीमाको व्यबस्था, महिला स्वास्थ्य स्वंय सेविकाहरुलाई सामुदायिक स्वास्थ्यसम्बन्धि विशेष तालिम र थप प्रोत्साहन भत्ता, प्रत्येक वडामा बर्थिङ्ग सेन्टर, हरेक टोलमा गाऊ घर स्वास्थ्य क्लीनीक,विद्यालयमा नर्स र स्वास्थ्य घुम्ती टोली, स्वास्थ्य ईमरजेन्सी र उद्दार ब्यवस्थापनका लागि हरेक वडामा हेलिप्याड, वडामा १५शैयाको अस्पताल निर्माण गर्ने पहल,स्मार्ट हेल्थ, ई(स्वास्थ्य र दूर(स्वास्थ्य को सुरुवात, स्वास्थ्य, सरसफाई, पोषण र स्वस्थ जीवनशैलीका बारेमा व्यापक जनचेतना अभिवृद्दि गर्ने योजना उनले अगाडी सारेका छन् । 
सुशासनस् सरकारी सेवाप्रवाहमा आधुनिकीकरण, ई-सरकारको सुरुवात, नगरवासीलाई व्यक्तिगत विवरण सहितको ‘स्मार्ट’ परिचयपत्र वितरण, कर्मचारी भर्ना समावेशी, युवा र महिलालाई विशेष प्राथमिकता, जनताका गुनासा सुन्न र जवाफ दिन हरेक वडामा ‘जनता सँग नगर प्रमुख कार्यक्रम, भष्ट्रचार, अनियमितता र कालोबजारी नियन्त्रण गर्न छुट्टै संरचनाको स्थापना, आर्थिक र विविध सामाजिक तथ्याङ्कको नियमित संकलन, विज्ञको सुझाव, जनताको सहभागिता र मानव विकास सूचकाङ्कका आधारमा विकासको प्राथमिकता निर्धारण, जनताको काम छिटो र चुस्तरूपमा गर्ने कर्मचारी मध्येबाट वार्षिक एक जनालाई भूमिका सुशासन पुरस्कार, सुशासन, जवाफदेहिता र पारदर्शीता नगर सरकारका मार्गदर्शक मान्यताहरु  राहने भुषालको भनाई रहेको छ । 
सामाजिक सुरक्षाः अपाङ्ग, एकल महिला र ज्येष्ठ नागरिकलाई विशेष राहत र सहुलियत, वाल अधिकारको ग्यारेन्टी, महिला हिंसाको अन्त्य गर्न महिला शसत्तिकण कार्यक्रम, अत्यन्तै निम्न आयस्रोत रहेका विपन्न परिवारलाई राहत तथा कर छुटको ब्यवस्था, महिला हिंसा विरुद्व विशेष न्यायीक व्यवस्था, नगर प्रहरिमा महिला सेल, सामाजिक सुरक्षा भत्ताको वितरण घरमै अथवा बैंक मार्फत, हरेक गर्भवती महिलालाई विशेष राहत, कामकाजी महिला सुत्केरी भएमा ५ महिनाको सुत्केरी विदा, प्राकृतिक प्रकोप व्यवस्थापन तथा उद्दारका निम्ति छुट्टै संरचनाको स्थापना, नगरका गरिब तर जेहेन्दार बिद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न छात्रवृत्तिको ब्यवस्था गर्ने योजना उनको रहेको छ । 
कृषिः एक गाउँ एक कृषि उत्पादन र सामुहिक कृषि सहकारी अभियान, कृषिमा आधुनिकीकरण, अर्गा्निक खेतिलाई प्रोत्साहन, जडिवुटीको व्यवसायिक खेती, प्रशोधन उद्योग र निर्यातको व्यवस्था, व्यवसायिक सामुहिक कृषि प्रणालीको विकास रआधुनिकीकरण, चिउरीमा आधारित वनस्पति घ्यु र अन्य उत्पादनहरुको प्रशोधन र निर्यात, नगदेबाली, तरकारी उत्पादन र पशुपालनमा पकेट क्षेत्रको विकास, प्रत्येक वडामा एक सामुहिक पशुफर्मको स्थापना गरी मासु र दुधको उत्पादन, कृषि, पशुपालन र तरकारी उत्पादन सम्बन्धि विशेष तालिमको व्यवस्था, मल, बीउबीजन, कृषि बीमा र विशेषज्ञता साथै सिंचाईको उचित व्यवस्था, प्रत्येक वडामा कृषि उत्पादन संकलन केन्द्र, नगरमा एक कोल्ड स्टोर निर्माणको योजना सहित दजर्नौ योजना अगाडी सरेका छन् ।  
भौतिक पुर्वाधार विकासमा हाम्रो जोड हुनेछ

रेशम  थापा
मेयर पदका उमेद्वार, नेकपा माओवादी केन्द्र

सिंहदरवारको अधिकार गाउ नगर, घर घरमा कार्यान्वयन गर्न, जसको नीति उसकै नेतृत्व  स्थापित गर्नको लागि थापाले उमेद्वारी दिएको बताउछन् । नगरपालिकालाई नमुना नगरपालिका विकसा गर्न गर्नको लागि छुवाछुत मुक्त नगरविकास  गर्न, युवाहरुलार्इी राजगारको आधार तयार गर्ने, शिक्षा स्वाथ्य, रोजगारलाई मौलिक हको रुपमा कार्यान्वयन गर्नको लागि, कर तथा महसुल शुल्क न्युनतम रुपमा कार्यान्वय गर्न उनले उमेद्वारी दिएको बताउछन् । यस्तै जनताले चुनेको प्रतिनिनिधि सासक नभई सेवक हुन्ने भन्ने धारणा विकास गर्नको लागि पनि मेयर पदमा  उमेद्वारी दिएको उनको धारणा रहेको छ । फरक क्षमता भएका(अपाङ्गता समुदाय)का सबैलाई अनिवार्य सामाजिक सुरक्षा भत्ताको ग्यारेन्टी गर्ने,  संभावित पर्यटकिय स्थानको पहिचान गरी त्यसको सन्र्वद्धन तथा प्रर्वद्धनको लागि विशेष योजना अगाडी सार्ने, भौगोलिक रुपमा जोखिमपुर्ण अवसथमा रहेका बास स्थानलाई व्यवस्थस्थित बनाउने योजना अगाडी सारेका छन् । यस्तै १५ सैयाको स्वाथ्य भवनलाई ५० सैयामा स्तर उन्नती गर्ने, दलित, जनजाति, युवा, मुस्लीम, अपल्पसंख्यकको प्रतिनिधित्व सुनिश्चित गर्ने, साविक गाविसमा शिसु स्यार केन्द्र स्थापना गर्ने योजना समेत अगाडी सारिएको छ ।  स्थानिय तहमा वालिघरे प्रथालाई हटाई आरन तथा सिलाई, छाला उद्योग स्थापना   गर्ने योजना अगाडी सरेको छन् । यसको अलवा सामाजिक सुरक्षा भत्तालाई उचित प्रथमिकतिा दिई आवश्यकता अनुसार व्यवस्थापन गर्ने योजना समेत उनको रहेको छ । युवा स्वारोजगार कार्यक्रमलाई समेत अगाडी बढाउने योजना माओवादी केन्द्रंले अगाडी सारेको छ । 

अन्य समाचारहरु