एमालेको सन्धिखर्क तुमकोटमा चुनावी सभा सम्पन्न ! कांग्रेस माओबादी बिचको तालमेल नेताहरुको मात्रै हो: नेता श्रेष्ठ

बसन्त श्रेष्ठ
तुमकोट, अर्घाखाँची। नेकपा एमाले सन्धिखर्क नगरपालिका मेयर पदका उमेद्वार कृष्ण प्रसाद श्रेष्ठले कांग्रेस माओबादी बिचको तालमेल जनतको तालमेल नभएको बताउनुुभएको छ । 
नेकपा एमाले सन्धिखर्क नगरपालिका १ नम्बर वडा कमिटिले तुमकोटमा आयोजना गरेको चुुनाबी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले जनताको चाहाना बिपरित तालमेल गरेर केही व्यक्तिको इज्जत र प्रतिष्ठा राख्नका लागि तालमेल गरिएको बताउनुुभयो । श्रेष्ठले सन्धिखर्क नगरपालिकामा दुुई तिहाइ बहुुमतका साथ एमालेले सबै वडामा बिजयी हात पार्ने बताउनुुभयो । उहाँले सन्धिखर्क नगरपालिकालाई नमुुना तथा स्मार्ट सिटीको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको भन्दै उहाँले सो कुरा बताउनुुभएको हो । 
कार्यक्रममा बोल्दै उपमेयर पदका प्रत्यासी इश्वरा पोख्रेलले नगरपालिका तथा नगरबासीको विकास र सम्बृद्धिका निम्ती एमाले लाग्न प्रतिबद्ध रहेको बताउनुुभयो । उहाँले एमालेले जनजिबिका र राष्ट्रियतको सवाललाई उच्च प्राथमिकतामा राख्दै अगाडि बढ्ने भन्दै सूूर्य चिन्हमा मतदान गरी अगाडि बढ्नुुपर्ने बताउनुुभयो । 
कार्यक्रममा नेकपा एमाले सन्धिखर्क नगरपालिका १ नम्बर वडा अध्यक्ष पदका उमेद्वार युवराज बञ्जाडे लगायले सम्बृद्ध नगरपालिको निर्माणका निम्ती प्रतिबद्ध भएर लाग्ने भन्दै सबै कार्यकर्तालाई सात वटै सूूर्य चिन्हमा मतदान गरी एमालेका उमेद्वारहरुलाई बिजयी बनाउन आवहान गर्नुभएको थियो । कार्यक्रम स्थानीय  नेकपा एमालेका बौद्धिक नेता बिष्णु प्रसाद बस्यालको अध्यक्षता र नेकपा एमाले वडा कमिटि अध्यक्ष तथा वडा सदस्य पदका उमेद्वार लक्ष्मण पराजुुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।
 सन्धिखर्क नगरपालिकामा माओबादी केन्द्र र नेपाली कांग्रेस बिच तालमेल भएको छ । जसमा कांग्रेसले मेयर र माओबादी केन्द्रले उपमयरमा उमेद्वारी दिएका छन् । एमाले एक्लै चुुनाबी मैदानमा छ ।

अन्य समाचारहरु