अर्घाखाँचीका सबै मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण सुरु ! चुनावी प्रचार प्रचारकाे अन्तिम दिन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्न सुरु गरिएकाे छ ।
मतदान केन्द्रबाट आइतबार देखि -मंगलवारसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदाता परिचय पत्र वितरण गरिने जिल्ला निर्वाचन कार्यालयले बताएको छ । 
चुनावी प्रचार प्रचारकाे अन्तिम दिन
 
असार १४ गते हुने स्थानीय तहकाे निर्वाचनका लागि राजनीतिक दलहरूकाे चुनावी प्रचारप्रसार पुरा भएको छ । अन्तिम दिन आईतबारको चुनावी काेणसभालाई सम्बाेधन गर्न राजनीतिक दलका केन्द्रीय नेताहरू जिल्लाभर चुनावी सभा गर्न व्यस्त थिए । 
नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह जिल्लाको चुनावी कार्यक्रममा । 
जिल्लाभर गरिएका दलहरुका चुनावी कार्यक्रममा राष्ट्रिय जनमोर्चाकोमा नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह लगायत नेकपा माअाेवादी केन्द्रका संसदीय दलका उपनेता तथा पूर्व मन्त्री टाेपबहादुर रायमाझी, काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर विक, काँग्रेसका पूर्व सासंद डा. रामबहादुर बिसी, नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवाली लगायतका केन्द्रीय नेताहरूको उपस्थित रहेको थियो । 
जिल्लाका ४ स्थानीय तह सन्धिखर्क, सितगंगा, भुमिकाथान नगरपालिका र मालारानि गाउँपालिकामा काँग्रेस माअाेवादीले संयुक्त अामसभा गरिरहेका थिए । अामसभामा काँग्रेस र माअाेवादिका केन्द्रीय नेता तथा प्रमुख र उपप्रमुखमा उम्मेदवार सँगसँगै हिडेर प्रचारप्रसार गरिरहेका छन् । 

अन्य समाचारहरु