अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा घरको बरण्डाबाट खसेर एक जनाको मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालीका १ शान्ति बगैँचा नजिकै रहेको शान्ति हाेटलका घर धनी ७१ बर्षिय ज्ञान प्रसाद न्यौपानेको अाफनै घरको बरण्डाबाट खसेर मृत्यु भएको हो ।
न्यौपाने सोमबार साँझ ४ बजेतिर घरको बिच तल्लाको बरण्डाबाट २० मिटर तल खसेर गम्भीर घाईते भएका थिए । घाईते भएका न्याेपानेलाई उपचारकाे लागि जिल्ला अस्पताल लगि प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल अंचल अस्पतालमा रिफर गरिएको छ । उनको बुटवल अंचल अस्पतालमा लैजाने क्रममा निधन भएको थियो । उनी धुर्ब न्यौपाने, बिष्णु न्यौपाने, शिव न्यौपाने र राम प्रसाद न्यौपानेका बुवा हुन् ।