मंगलवार असुरकाेटमा ।
असुरकोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न ५ असुरकाेटमा दोस्रो चरणको स्थानीय निर्वाचनको पुर्व सन्ध्यामा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बिच झडप भएको छ ।
मौन अवधिमा प्रसारप्रचार गर्न निषेध गरिएता पनि मंगलवार साँझ चुनाव प्रसारप्रचार गर्न हिंडेका एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरु बिच जम्काभेट हुँदा झडप भएको थियो ।
झडपमा दुबै पक्षका केही कार्यकर्ताहरु सामान्य घाइते भएका छन् ।