प्रेम आचार्य
छत्रदेव गाउँपालिका, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा मतगणना रोकिएको छ । बिहान केहीबेर मतगणना गरिए पनि चुनाव चिन्हमा मसी लतपलितएको मतपत्रलाई के गर्ने भन्ने विषयममा विवाद हुँदा मतगणना रोकिएको हो ।
यस्तै अर्खाखाँचीकै शितगंगा नगरपालिकामा पनि मतगणना सुरु भएको छ । सन्धीखर्क नगरपालिकामा मतगणनाको तयारी गरिएको छ । ३ नगरपालिका र ३ गाउँपालिका रहेका अर्घाखाँचीमा दिउँसोसम्म सबै तहमा मतगणना सुरु हुने बताइएको छ ।