कांग्रेसका अच्युत गाैतम र एमालेका लक्ष्मि गाैतम ।
अर्घाखाँचीडट्कम संवाददाता
पाणिनी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका अच्युत गाैतम र उपाध्यक्षमा एमालेका लक्ष्मि गाैतम विजयी भएका छन् ।
अध्यक्षमा कांग्रेसका अच्युत गौतमले ५९७७ र उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी गौतमले ५५४७ मत प्राप्त गरि विजयी भएका हुन् ।
उनिहरुका प्रतिस्प्रधी जिवनारायण कोईरालाले ५४८५ र कांग्रेसकी अम्विका पोख्रेलले ५४१२ मत प्राप्त गरेको निर्वाचन अधिकृत धुर्वराज भुसालले जानकारी दिए ।
८ वटा वार्ड रहेको उक्त गाउँपालिकामा ४ वटामा एमालेले र ४ वटामा नेपाली कांग्रेसले जितेका छन् ।
पाणिनी गाउँपालिका (कुल मतदाता १८,३११ मा खसेको मत: १२,९४७ – ७०.७१% )
प्रमुख
नेपाली कांग्रेस अच्युत गौतम – ५९७७ मत (बिजयी)
एमाले जीवनारायण कोइराला – ५४८५ मत
माओवादी केन्द्र श्रीहरि गौतम – ७१० मत
राष्ट्रिय जनमोर्चा देवी भुसाल- ११ मत
नयाँशक्ति- ८ मत
अन्य- ० मत
उपप्रमुख
नेपाली कांग्रेस अम्बिका पोखरेल – ५४१२ मत
एमाले लक्ष्मी गौतम – ५५४७ मत (बिजयी)
माओवादी केन्द्र विमला घिमिरे – ९८६ मत
राष्ट्रिय जनमोर्चा राधा गौतम- ० मत
अन्य- ० मत
विजयी वार्ड अध्यक्ष (वार्ड संख्या ८)
१ वार्डबाट कांग्रेस शालिकराम भट्टराई ६३८ मत (बिजयी)
२ वार्डबाट कांग्रेस शालिकराम भट्टराई (बिजयी)
३ वार्डबाट नेकपा एमाले देब बहदुर केसी ( विजयी)
४ वार्डबाट काग्रेसका थानेश्वर घिमिरे ( विजयी)
५ वार्डबाट एमाले जिवलाल घिमिरे ( बिजयी)
६ वार्डबाट नेपाली कांग्रेस सुब बहादुर सारु ( बिजयी)
७ वार्डबाट नेकपा एमाले गुनाखर अधिकारी (बिजयी)
८ वार्डबाट नेकपा एमाले मिनराज अर्याल ६५८ मत (बिजयी)