अर्घाखाँचीडट्कम संवाददाता
मालारानी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीकाको अध्यक्ष पदमा नेकपा एमालेका तर्फबाट बालकृष्ण आचार्य र उपाध्यक्ष पदमा प्रमिला क्षेत्री विजयी भएका छन् ।
आचार्यले ६५०३ मतका साथ विजयी भए, उनका प्रतिद्धन्धी माओवादी कांग्रेस गठबन्धनका पदम क्षेत्रीले ५५०४ मत प्राप्त गरे ।
उपप्रमुखमा पनी नेकपा एमालेले जितेको छ, एमालेका प्रमिला क्षेत्रीले ६५२२ मत प्राप्त गरी विजयी भएकी छिन । क्षेत्रीका प्रतिद्धन्धी कांग्रेसका शान्ता खनालले ५२१० मत ल्याईन ।
गाउँपालिकाका नै वडा मध्ये ६ वडा नेकपा एमालेले र ३ वडा कांग्रेस माओवादी गठबन्धले जितेका छन ।
मालारानी गाउँपालिका (कुल मतदाता १८,६९० मा खसेको मत: १३,६९१ – ७३.२६% )
प्रमुख
माओवादी केन्द्र पदम क्षत्री – ५५०४ मत
एमाले बालकृष्ण आचार्य – ६५०३ मत (बिजयी)
राष्ट्रिय जनमोर्चा नरेन्द्र थापा- १०५ मत
अन्य- ० मत
उपप्रमुख
नेपाली कांग्रेस शान्ता खनाल – ५२१० मत
एमाले प्रमिला क्षेत्री – ६५२२ मत (बिजयी)
राष्ट्रिय जनमोर्चा तुलसा के.सी.- १३ मत
अन्य- ० मत
बदर मत: १ मत
विजयी वार्ड अध्यक्ष (वार्ड संख्या ९)
१ वार्डबाट एमाले बालकृष्ण आचार्य ५८४ मत (बिजयी)
२ वार्डबाट एमाले विनोद भुसाल ५८५ मत (विजयी)
३ वार्डबाट नेकपा एमाले जीवन चौहान १००४ मत (विजयी)
४ वार्डबाट नेकपा एमाले बिष्णु पोखेरेल १०८८ मत (विजयी)
५ वार्डबाट माओवादी केन्द्र शोभाखर भुसाल ( विजयी)
६ वार्डबाट माओबादी केन्द्र नारायण अर्याल ७०२ मत (बिजयी)
७ वार्डबाट नेकपा एमाले खडक प्रसाद भुसाल ६१६ मत ( विजयी)
८ वार्डबाट एमाले नरेन्द्र बस्नेत ५५६ मत (विजयी)
९ वार्डबाट माओवादी केन्द्र थनबहादुर पुन मगर ६२४ मत (बिजयी)
अध्यक्ष बालकृष्ण आचार्य अगाडि दाँयाबाट पहिलो दोस्रो र उपाध्यक्ष प्रमिला क्षेत्री अगाडि दाँयाबाट दोस्रो ।