भूमिकास्थान नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रेशम थापा र उपमेयरमा कांग्रेस खडानन्द बेल्वासे विजयी

                                                                                                         मेयर रेशम थापा ( बाँया) र उपमेयर  खडानन्द बेल्वासे (दाँया) 
अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको मेयर पदमा कांग्रेस – माओवादी केन्द्र गठबन्धनबाट माओवादीका रेशम थापा र उपमेयर पदमा नेपाली कांग्रेसका खडानन्द बेल्वासे विजयी भएका छन् ।
गठबन्धनबाट माओवादीका मेयर पदका उम्मेदवार रेशम थापाको ५३२० मत प्राप्त गरी विजयी हुनुभएको हो, थापाका प्रतिद्धन्धी राष्ट्रिय जनमोर्चाका कविराम खनालको ४५४२ र एमालेका पिताम्बर भुसालले ४२५० मत प्राप्त गरे ।
उपमेयरमा कांग्रेसका खडानन्द बेल्वासे ५२३० मत ल्याई विजयी भएका छन । बेल्वासेका प्रतिद्धन्धी एमालेका सुनिता बेल्वासेले ४७०१ मत र जनमोर्चाका सकुन्तला रानाले ३५६६ मत प्राप्त गरेका थिए । एमालेबाट मेयर पदका उम्मेदवार पुर्व जिविस सभापती हुन । भुमिकाथानका १० वडामध्ये ४ वडामा एमाले, ४ वडामा जनमोर्चा, एक वडामा कांग्रेस, एक वडामा माओवादीले जिते ।
दिउसो ०१:३० बजे सम्म भूमिकास्थान नगरपालिकामा माओवादी केन्द्र अगाडि

मेयर

एमाले पीताम्बर भूसाल –                          ४०२७ मत
राष्ट्रिय जनमोर्चा कविराम खनाल-             ४३८२ मत
माओवादी केन्द्र रेशम थापा –                   ५१२० मत
नयाँ शक्ति-                                              १२ मत
अन्य-                                                     ० मत
उपमेयर
नेपाली कांग्रेस खडानन्द बेल्वासे –             ४९७४ मत
एमाले सुनिता बेल्वासे –                            ४४९५ मत
राष्ट्रिय जनमोर्चा सकुन्तला राना-                ३३२४ मत
नयाँ शक्ति-                                             १४ मत
अन्य-                                                      ० मत

विजयी वार्ड अध्यक्ष (वार्ड संख्या १०)
१ वार्डबाट राष्ट्रिय जनमाेर्चा भाेजराज खनाल ५७२ मत (विजयी)
२ वार्डबाट राष्ट्रिय जनमाेर्चा बुद्धि बहादुर थापा (विजयी)
३ वार्डबाट माअाेबादी केन्द्र बालकृष्ण बन्जाडे ( विजयी)
४ वार्डबाट राष्ट्रिय जनमाेर्चा बाबुराम सुनार (बिजयी)
७ वार्डबाट नेकपा एमाले तारा मल्ल (बिजयी)
८ वार्डबाट एमाले कुमार श्रेष्ठ ( विजयी)
९ वार्डबाट एमाले नारायण प्रसाद खनाल (विजयी)
१० वार्डबाट एमाले खगेश्वर पन्थी १००६ मत (विजयी)

मेयर रेशम थापा (दाँया) र उपमेयर  खडानन्द बेल्वासे ( बाँया)।
रेशम थापा (दाँया)

अन्य समाचारहरु