अर्घाखाँचीमा ४ वटा तहको मत परिणाम सार्बजनिक

नबिन के.सी
सन्धिखर्क, अर्घाखाँची  । अर्घाखाँची जिल्लामा ४ वटा तहको मत परिणाम सार्बजनिक भएको छ । तिन वटा तहमा ३ वटा प्रमुखमा नेपालि काग्रेस एक तहमा एमालले जित हात पारेको छ । 
सितगंगा नगरपालिका
सितगंगा नगरपालिकामा नेपालि काग्रेस र माओबादी केन्द्र गठबन्दनका उम्मेद्धवार सूर्य अधिकारीले ८ हजार ६ सय ७७ मत प्राप्त गरि बिजयी भएका छन । अधिकारीका निकटतम प्रतिद्धन्दी बसन्त श्रेष्ठले ६ हजार ६ सय ९० मत पाएका छन । त्यस्तै उपप्रमुख मा माओबादी केन्द्रका टिका रेशमीले ७ हजार १सय ९० मत प्राप्त बिजयी भएका छन । एमालेको तर्फबाट उपप्रमुखकि उम्मेद्धवार गिता भाटले ७ हजार ३३ मत प्राप्त गरेकी छन् । 
मालारानी गाउँपालिका
मालारानी गाउँपालिकामा नेकपा एमालेको तर्फ बाट उम्मेद्धवार बनेका बालकृष्ण आचार्य ६ हजार ५ सय ३ मत लिएर गाउँपालिका अध्यक्षमा बिजयी भएका छन । नेपाली कांग्रेस र माओबादी केन्द्र गठबन्धनका पदम क्षेत्रीलाई मत ९ सय ९९ मत अन्तरले पराजित गर्दै आचार्य विजयी भएका हुन् । क्षेत्रीले ५ हजार ५ सय ४ मत पाएका थिए । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै प्रमिला क्षेत्रीले ६ हजार ५ सय २२ मत ल्याई बिजयी भएकी छिन । गठबन्दनबाट उपाध्यक्ष बनेकी शान्ता खनालको ५ हजार २ सय १० मत आएको छ । मालारानी गाउँपालिकामा वडा स्तर सम्म नेपाली कांग्रेस र माओवादी केन्दबीच चुनावी तालमेल भएको थियो । तालमेल भए पनि ६ वटा वडामा एमालले वडा अध्यक्ष सहित प्यानल आएको छ भने माओबादी केन्द्रले ३ वटा वडा अध्यक्षमा जित निकालेको छ भने कांग्रेसले वडा सदस्य समेत जित्न सकेको छैन ।
 
पाणिनी गाउँपालिकाका
पाणिनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अच्युत गौतमले ५ हजार ९ सय ७७ र उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी गौतमले ५ हजार ५ सय ४७ मत प्राप्त गरि विजय भएका छन् । प्रतिस्पर्धी एमालेका जिवनारायण कोईरालाले ५ हजार ४ सय ८५ र नेकाकी अम्विका पोख्रेलले ५४१२ मत प्राप्त गरे । आठ वडा रहेको उक्त गाउँपालिकामा ४ वटामा एमालेले र ४ वटा वडामा कांग्रेसले हात पारेको छ ।
छत्रदेब गाउँपालिकामा कांग्रेस विजयी
छत्रदेब गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका लेखनाथ पोख्रेल र उपाध्यक्षमा तुलसा देवी श्रेष्ठ विजयी भएका छन् । पोखरेल ५ हजार ६ सय ४४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ऋषिराम अधिकारीले ४ हजार ४ सय ५५ मत ल्याए । गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै तुल्सादेवी श्रेष्ठले ५ हजार ६ सय ५४ मत ल्याएर विजयी भइन् । उनकी प्रतिस्पर्धी एमालेकी मनिषा पन्थीले ४ हजार १ सय ११ मत ल्याएकी छिन् ।

अन्य समाचारहरु