अर्घाखाँचीको कुन तहमा कसले जित्यो ? पुरा विवरण सहित

प्रेमनारायण आचार्य 

सन्धिखर्क, अर्घाखाँची, असार १९ । अर्घाखाँचीका ६  स्थानीय तह मध्ये सबै तहको  मतगणना सम्पन्न भएको छ । मतगणना सकिएका ६ तह मध्ये चार स्थानमा नेपाली कांग्रेस तथा एक स्थानमा एमाले र एक स्थानमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।  
मतगणना सम्पन्न भएका सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, पाणिनी गाँउपालिका र छत्रदेव गाँउपालिकामा नेपाली कांग्रेसले जीत हाँसिल गरेको छ । मालारानी गाउँपालिकामा एमालेले जित हासिल गरेको छ । 
भुमिकास्थान नगरपालिकामा नेकपा माओवादी केन्द्रले जित हाँसिल गरेको छ ।  सन्धिखर्क नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कमल प्रसाद भुषालले ८३०३ मतका साथ विजयी हुनु भएको छ । उहाका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठले  ७१२७ मत प्राप्त गर्नु भयभयो । उपमेयरमा नेकपा माओवादीका ठाकुर बिकले    ७१२७ मतका साथ विजयी हुनु भएको छ । उहाका निकटतम  प्रतिद्वन्द्वी एमालेको ईश्वरा पोख्रेलले   ६४०४ मत प्राप्त गर्नु भयो । 
शितगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सूर्य अधिकारीले आठ हजार ६ सय ७७ मत लिएर विजयी हुनु भएको हो । उहाका प्रतिद्वन्द्वी एमालेका बसन्त श्रेष्ठले ६ हजार ९ सय ९० मत ल्याउनु भएको थियो । उपमेयरमा नेकपा माओवादी केन्द्रका टिका रेग्मीले ७ हजार १ सय २८ मत लिएर विजयी हुन भयो । उहाले एमालेकि गिता भाटलाइ हराउदै विजयी हुनु भएको हो । 
 छत्रदेव गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लेखनाथ पोख्रेलले ६ हजार १ सय ६७ मतका साथ विजयी हुनु भएको हो । उहका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषि अधिकारीले ५ हजार ६५ मत प्राप्त गर्नु भएको  थियो ।  उपाध्यक्षमा कांग्रेसकै तुलसादेवी श्रेष्ठले ६ हजार एक सय ९० मतका साथ विजयी हुनु भएको छ । श्रेष्ठले एमालेकी मनिषा पन्थीलाई पराजीत गर्नु भएको हो ।  पाणिनी गाँउ पालिकाको अध्यक्षमा कांग्रेसका अच्युत गौतमले पाँच हजार ९ सय ७७ मत लिएर विजयी हुनु भयो । उहाका निकटतम प्रतिद्वन्द्वी जीवनारायण कोइरालाले ५ हजार ४ सय ८५ मत ल्याउनु भएको छ ।  उपाध्यक्षमा एमालेकी लक्ष्मी गौतम ५ हजार ५ सय ४७ मतका साथ विजयी हुनु भएको छ  । उहाले  कांग्रेसकी अम्विका पोख्रेललाई पराजित गर्नु भयो ।
  मालारानी गाँउपालिकाको अध्यक्षमा एमालेका बालकृष्ण आचार्यले ६ हजार पाच सय तीन मत ल्याएर विजयी हुनु भएको छ । उहका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पदम क्षेत्रीले पाच हजार पाँच सय चार मत प्राप्त गर्नु भयो । उपाध्यक्षमा एमालेकि प्रमिला क्षेत्री ६हजार पाँच सय २२ मत ल्याएर विजयी हुनु भएको छ । उहाका निकटतम प्रतिद्वन्द्वी शान्ता खनालले ५ हजार दुई सय १० मत प्राप्त गर्नु भयो ।  भुमिकास्थान नगरपालिकामा नेकपा माओवादी केन्द्रका रेशम थापा ५ हजार तीन सय २० मतका साथ विजयी हुनु भएको छ । उहाका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका कविराम खनालले ४५४२ मत प्राप्त गर्नु भयो । उपमेयरमा नेपाली कांग्रेसका खडानन्द बेल्बासेले ५ हजार २ सय ३० मतका साथ विजयी हुनु भएको छ । उहाका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुनिता बेल्बासेले ४ हजार सात सय एक मत प्राप्त गर्नु भयो । 
६ स्थानीय तहका ६१ वडा मध्ये २५ वडामा नेपाली कांग्रेसले जित हात पारेको छ ।  एमालेले समान २४  नेकपा माओवादी केन्द्रले ८ वडा र राष्ट्रिय जनमोर्चाले ४ वडामा जित हाँसिल गरेको छ । 

अन्य समाचारहरु