निर्वाचनमा सहयोग पु-याउने सबैलाई एमाले अर्घाखाँचीको धन्यवाद

अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची   असार २०  ।  नेकपा एमाले अर्घाखाँचीले असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका सबै पक्षलाई धन्यवाद दिएको छ । 
एमालेले  निष्पक्ष, स्वतन्त्र र धाँधली रहित वातवरणमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, जिल्ल्ला प्रहरी कार्यालय, सञ्चारमाध्यम लगायतका सबै पक्षलाई  धन्यवाद  दिएको हो  । एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले विज्ञप्ति प्रकाशित गर्दै  निर्वाचन सम्पन्न गराउने देखि लिएर मत परिणाम सार्वजनिक गर्दा सम्म अहोरात्र खट्ने कर्मचारी प्रति अभार प्रकट गर्नुभएको छ । एमालेले एकल चुनावी  मैदानमा होमिदा पनि पार्टीले सम्मान जनक मत प्राप्त गर्न सफल भएको निष्कर्ष निकालेको छ ।
गठवन्धका कारण अधिकांश ठाउँमा पराजय भोग्नु परेको भएपनि पार्टीगत  मतको हिसावले अधिकांश स्थानीय तहमा अघि देखिएको छ    विज्ञप्तिमा भनिएको छ,   निर्वाचनको दौरानमा खटिने पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई  धन्यवाद दिएको छ  । 
एमालेले पार्टीका सम्पूर्ण विजयी उम्मेद्वारहरुलाई विज्ञप्ति मार्फत बधाइ समेत दिएको छ । जनताको पक्षमा निरन्तरका काम गरि सबैको विश्वास जित्न पार्टीले विजयी उम्मेद्वारहरुलाई आग्रह गरेको छ । 

अन्य समाचारहरु