अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची असार २० । नेकपा माओवादी केन्द्र सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का अध्यक्ष हरि प्रसाद भुसालले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिँदै पार्टी परित्याग गर्नु भएको छ ।
असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनमा वार्ड अध्यक्ष पदका उम्मेद्वार समेत रहनुभएका भुसालले विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गर्नुभएको हो । उहाँले पार्टीले स्थानीय तह निर्वाचनमा वडामा नराम्ररी पराजय भोगेपछि आफूले नैतिकता प्रदर्शन गर्दै राजीनामा दिएको बताउनुभएको छ । उहाँले निर्वाचनमा मत दिइ सहयोग गर्ने मतदाताहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
भुसाल अब राजनीतिबाट विश्राम लिने निर्णयमा पुग्नु भएको छ ।