घनश्याम पौडेल हिन्दु
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको तिन नगरपालिका र तिन गाउँपालिकामा स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । जसमा दुई नगरपालिका र दुई गाउँपालिकामा नेपाली कांग्रेस निकट उम्मेदवारले विजयी हासिल गरेका छन् भने एक नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र र एक गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले विजय हासिल गरेका छन । भुमिकाथान नगरपालिकाका केही वडाहरुमा जनमोर्चाको केही सहभागिता रहेको छ । जिल्लाको गाउँ र नगर हाँक्नेहरु कस्ता छन् ?
कमलप्रसाद भुसाल
प्रमुख सन्धिखर्क नगरपालिका
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका २ मा २०१८ साल असोज ७ गते बुबा देवीप्रसाद भुसाल र आमा झविकला भुसालको कोखबाट जन्मिएका भुसाल २०३६ सालदेखी राजनितिमा लागेका थिए । २०३६ सालबाट नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको राजनिति गर्दे २०५४ सालमा नेपाल तरुण दलको जिल्ला अध्यक्ष, नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी, नेपाल तरुण दलको केन्द्रिय सदस्य, तरुण दल लुम्बिनी अञ्चल इन्चार्ज, तरुण दलको केन्द्रिय उपाध्यक्ष, पश्चिमाञ्चल विकास क्षेत्र तरुण दलको संयोजक, नेपाली कांग्रेसको १२ औ महाधिवेशनबाट जिल्ला सभापती र १३ औ महाधिवेशनबाट महासमिती सदस्य तथा वरिष्ठ नेताको रुपमा काम गरे ।
भुसालले सन्धिखर्क नगरपालिकालाई सुन्दर नगरपालिका, खानेपानीको सुविधा, मोटरबाटो, हराभरा सन्धिखर्क बनाउने घोषणा पत्रमा लेखेका भुसालले जनताको भावना बुझेर काम गर्ने सफत मंगलबार खाएका छन । १२ वटा वडा रहेको सन्धिखर्कमा छ वडामा कांग्रेस, पाचँ वडामा एमाले र एक वडामा माओवादीले जितेका छन ।
सुर्यप्रसाद अधिकारी
प्रमुख सितगंगा नगरपालिका
अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका ठाडामा २०२२ साल असार ३ गते बुबा भोजराज र आमा बेलकुमारी अधिकारीको कोखबाट जन्मिएका अधिकारीले २०३६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिई राजनिति सुरु गरेका थिए । २०३६ सालमा बहुमतको पक्षमा, २०४२ सालमा कांग्रेसबाट सत्य ग्रहमा भाग, २०४६ सालको जनआन्दोलनमा सक्रिय भुमिका खेलेका अधिकारी ठाडा गाविस ३ वाट २०४८ सालको स्थानिय निवार्चनमा वडा अध्यक्ष भए । उनी नेपाली कांग्रेसको नवौ र दशौ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधी, ११ औ महाधिवेशनबाट जिल्ला सदस्य, बाहृ र तेहृौ महाधिवेशनबाट महासमिती सदस्य भई काम गरे ।
सपथ तथा कार्यभार समालिसकेका अधिकारीले भुमिकाथान नगरपालिकालाई भष्ट्रचार मुक्त नगरपालिका बनाउने, पुवाधार विकासमा ध्यान दिने, शिक्षा, स्वास्थ्य, विजुली, खानेपानी र यातायातमा पहिले ध्यान दिने बताए ।
नेपालकै सवैभन्दा बढी भुगोल ओगटेको सितगंगा नगरपालिकाका सवै वडाहरुमा यातायात पुगेपनी विद्युतको समस्या रहेको छ । जंगलले ओगटेको नगरपालिकामा टोलटोलमाा मोटरबाटो पुगेको छैन, अधिकारीले टिकट लिएर चुनाव लड्दै गर्दा कुनै पार्टीको खोल ओडे पनी अव ५ वर्षको समयमा जनताले महसुस गर्ने गरी काम गर्ने बताए । १४ वडा रहेको सितगंगामा आठ वडामा कांग्रेस, चार वडामा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भए ।
रेशम थापा
प्रमुख भुमिकाथान नगरपालिका
अर्घाखाँची जिल्लाको भुमिकाथान नगरपालिका नुवाकोटमा २०३० साल साउन २१ गते बुबा भेषराज थापा क्षेत्री र आमा शुशिला थापा क्षेत्रीको कोखबाट जन्मिएका थापाले सुरुमा जनमोर्चाको राजनितिमा आबद्ध थिए । उनी पछि जनमोर्चा छोडि माओवादी केन्द्रको राजनिति गरेका थिए । उनी माओवादी केन्द्र साविकको वडा कमिटी अध्यक्ष, माओवादी केन्द्र भुमिकाथान नगरपालिकाको कोषाध्यक्ष र माओवादी केन्द्र जिल्ला कमिटी आयोजक कमिटी सदस्यमा बसी काम गरिरहेका छन ।
थापाले भुमिकाथान नगरपालिका भष्ट्रचार मुक्त नगरपालिका बनाउने पहिलो पटक निणर्य गर्ने बताए । भष्ट्रचार सँगसँगै नगरपालिकालाई समुन्नत, खानेपानी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्य वेरोजगार हटाउन पहल गर्ने, जनताले महसुस गर्नेगरी काम गर्ने बताए । १० वटा वडा रहेको भुमिकाथानमा एक वडामा कांग्रेस, चार वडामा एमाले, एक वडामा माओवादी केन्द्र र चार वडामा जनमोर्चाले जितेका छन ।
लेखनाथ पोख्रेल
अध्यक्ष छत्रदेव गाउँँपालिका
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका छत्रगन्जमा २०३१ साल फागुन २९ गते बुबा मेघनाथ र आमा धनाकला पोख्रेलको कोखबाट जन्मिएका पोख्रेलले २०४४ सालमा नेविसंघमा आवद्ध भए । २०४५ सालमा नेविसंघको छत्रगन्ज गाविस अध्यक्ष, जिल्ला तथा केन्द्रिय पार्सद, बुटबल बहुमुखी क्याम्पस इकाइ सदस्य, इकाइ सचिव हुदै इकाई अध्यक्ष पनी भए । उनी केन्द्रिय प्रतिनिधी विभाग सदस्य, ३ कार्यकाल केन्द्रिय सदस्य पनी भए । नेविसंघका तत्कालिन केन्द्रिय अध्यक्ष रन्जित कर्ण सासंद भएपछी नेविसंघको कार्यबाहक अध्यक्ष पनी भए । उनको २०६२-६३ सालको आन्दोलनमा काठमाडौंको त्रिपुरेश्वरमा खुट्टामा गोली पनी लागेको थियो । नेपाली कांग्रेसको १२ औ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधी भएर काम गरे । अहिले १३ औ महाधिवेशनबाट पनी उनी महाधिवेशन प्रतिनिधी हुन ।
उनले चुनावका बेला उम्मेदवारको रुपमा मतदातासित भोट माग्न जादा आफुले गरेको वाचा र प्रतिवद्धताको कार्यान्यवन र भोट माग्दा बोलेका विकास योजनाको प्रतिवद्धता र आश्वासन क्रमागत रुपमा पुरा गर्ने बताए ।
पोख्रेलले ५ वर्षभित्र छत्रदेव गाउपालिका सम्बृद्ध बनाउने आफनो सपनालाई सफल बनाउन सबैसग सहयोगको अपेक्षा गरेको बताए । कृषिमा आधुनिकीकरण, पर्यटनको विकासको लागि पूर्वाधार बनाउने, शीपमुलक तालिम सञ्चालन गरेर विदेशीने युवालाई स्वदेशमै स्वरोजगार बनाउने उहाले बताए । सडक, खानेपानी, विद्यतु लगायत सबै विकासका काम गर्न लागि पर्ने बताए । छत्रदेव गाउँपालिकाका आठ वडामध्ये ६ वडामा नेपाली कांग्रेस र दुई वडामा नेकपा एमाले विजयी भएको हो ।
बालकृष्ण आचार्य
अध्यक्ष मालारानी गाउँपालिका
अर्घाखाँची जिल्लाको भुमिकाथान मालारानी गाउँपालिका खनमा २०१२ साल मंसिर ८ गते बुबा चुरामणि आचार्य र आमा दोमन्तकला आचार्यको कोखबाट जन्मिएका आचार्यले २०२७ सालदेखी राजनितिमा लागेका थिए, उनले सुरुमा अनेरास्ववियुको राजनिति गरेका थिए । उनी २०३८ सालमा माले हुदै एकृकित भएपछी एमालेको राजनिति गर्न सुरु गरेका थिए । उनी नेकपा एमालेको दुई कार्यकाल सचिव, दूई कार्यकाल इलाका कमिटी सदस्य हुदै दुई काल जिल्ला कमिटी सदस्य पनी भए । उनी २०५४ सालमा स्थानिय निकाएबाट खन गाविसको अध्यक्ष भएर पनी काम गरे ।
आचार्यले मालारानी गाउँपालिकालाई देशकै नमुना गाउँपालिका बनाउने योजना रहेको बताए, उनले गाविस अध्यक्ष भएर काम गरेकोले प्रशस्त अनुभव भएकोले चुनाव लड्दा कुनै पार्टीको चिन्हृ लिएर लडेपनी अव सवै मालारानी बासीँको साझा उम्मेदवार भएकाले पक्षपात नगरी राम्रो काम गर्ने बताए । ९ वटा वडा रहेको मालारानीमा नेकपा एमालेले ६ वडा, नेकपा माओवादी केन्द्रले ३ वडामा जितेका छन ।
अच्युत गौतम
अध्यक्ष पाणिनी गाउँपालिका
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका पोखराथोकमा २०३१ साल चैत्र ३० गते बुबा मणिराज र आमा प्रभा गौतमको कोखबाट जन्मिएका गौतमले २०४३ सालबाट नेविसंघको राजनिति सुरु गरेका थिए । २०४६ सालमा नेविंसघ हरिहर मावि सचिव, २०४९ मा त्रिभुवन बहुमुखि क्याम्पस नेविसंघ सदस्य हुदै कांग्रेस पोखराथोक गाविस सचिव हुदै सभापती, क्षेत्रिय उपसभापती हुदै नेपाली कांग्रेसको १३ औ महाधिवेशनबाट क्षेत्र नम्बर २ को सभापती भए । उनले मंगलबार सपथ तथा पदभार ग्रहण गरे । आठ वटा वडा रहेको पाणिनीमा एमालेले चार वडा कांग्रेसले र चार वडा एमालेले जितेका छन ।