हिमाल खबरपत्रिकाका पत्रकार मुकेश पोखरेल बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३ बाट पुरस्कृत भएका छन् ।
केन्द्रीय बालकल्याण समिति र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा दिने यो पुरस्कार्र पत्रकारितामार्फत बालबालिकाका क्षेत्रमा उत्कृष्ट योगदान पुराउने विभिन्न नौ जना पत्रकारलाई प्रदान गरिएको छ । पुरस्कारको राशी जनही रु २५ हजार छ ।
पोखरेलसँगै यो पुरस्कार छापा माध्यमतर्फ रामकला खड्का (उपत्यका अन्नपूर्ण पोष्ट, काठमाडौं), टेलिभिजनतर्फ उपत्यकाबाट सलिना उप्रेति र संस्कृति चालिसे (नयाँ पुस्ता) लाई संयुक्त र कृष्ण अधिकारी (मोफसल, नेपाल टेलिभिजन) लाई प्रदान गरिएको छ ।
यसैगरी रेडियो पत्रकारितार्फत लक्ष्मी बस्नेत (उपत्यकासामुदायिक सूचना नेटवर्क), चिरञ्जिवी तिमल्सिना (सुमन सुस्केरा) (मोफसल स्काइ एफएम, विराटनगर) र कार्यक्रम सञ्चालकतर्फ रुपा शर्मा (उपत्यका मेट्रो एफएम, काठमाडौं) र मनोजकुमार मेहता (रेडियो पूर्वेली आवाज मोरङ) लाई प्रदान गरिएको छ ।
हिमाल खबरबाट