सन्धिखर्कको अउलाखोलामा बनाइएको डम्पिङ साइड भत्कदा फोहोर ब्यवस्थापनमा समस्या

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको अउलाखोलामा बनाइएको डम्पिङ साइडमा माटो थुपार्दा पर्खाल भत्किएर फोहोर ब्यवस्थापनमा समस्या बन्दै आएको छ ।
नगरपालिकाको लापरवाहीले डम्पिङ साइड जीर्ण बन्दै गएको र त्यो माथि  माटो थुपार्दा पर्खाल भत्किएको हो । जिबिसको ५ लाख बजेटमा माटो थुपार्ने कार्य भएको थियो । 
सन्धिखर्क बजारमा सहि डम्पिङ साईड नहुँदा फोहोर ब्यवस्थापनमा समस्या बन्दै आएको छ । उता डम्पिङ साइड ब्यवस्थित नहुँदा अउलाखोला क्षेत्र दुर्गन्धित भएको पनि देखिन्छ । 
समयमै मर्मत नहुँदा दिनानुदिन अउलाखोलामा बनाइएको डम्पिङ साइड जीर्ण बन्दै गएको छ ।

अन्य समाचारहरु