श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश केशब प्रसाद बास्तोलाले जनताको पहुच सम्म न्याय क्षेत्र लाई पु¥याउनका लागि आफुहरु लागी परीरहेको बताउनु भएको छ ।
जिल्ला अदालत अर्घाखाँचीको आयोजनामा न्यायीक सचेतना अभियान अन्र्तगत पत्रकारहरुसंग आफ्नै कार्यकक्षमा अन्र्तरक्रिया कार्यक्रम मा मनतब्य राख्दै न्यायाधिस बास्तोलाले यस्तो भनाई ब्यक्त गर्नु भएको हो । अदालतले गर्ने कामकारबाही र न्यायका कुराहरुलाई आम जनता सम्म लैजाने प्रमुख उद्धेश्यका साथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको भन्दै बास्तोलाले अदालतबाट जनतालाई प्रदानगरीने सेबा सुबिधामा कुनै प्रकारको ढिलासुस्ती हुन नदिन आफुहरु तत्पर रहेको बताउनु भयो । जनतालाई छिटो छरितो र जनमुखी न्याय दिनु अदालत को दायित्व भएको समेत उहाँले जानकारी गराउनु भएको थियो । त्यस्तै जिल्ला अदालत अर्घाखाँचीले हाल सम्म गरेको कार्य प्रगति बिबरणको बारेमा पनि पत्रकारमाझ जानकारी गराउनु भएको थियो ।
अदालतले जिल्लामा पछिल्लो समयमा न्यायीक सचेतना अभियान अन्तरगत बिभिन्न गतिबिधिहरु सन्चालन गर्दे आईरहेको छ ।
जिल्ला अदालतमा सोलार जडान
जिल्ला जिल्ला अदालत भवनको छतमा सोलार प्लान्ट जडान भएको छ ।