सन्धिखर्कको डिभर्नामा माछापुछ्रे सहकारी संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

समान्ता पाण्डे
डिभर्ना, अर्घाखाँची असार २९ । सन्धिखर्क नगरपालिकाको डिभर्नामा रहेको माछापुछ्रे महिला बचत तथा ऋण सहकारी संस्थाले सरोकारवला तथा सहयोगी निकायहरुका विच साविक गाविस स्तरीय १ दिने अन्तरक्रियात्मक कार्यक्रम आज सम्पन्न गरेको छ ।
कार्यक्रम महिला तथा वालवालीका कार्यालयकी निमित्त महिला विकास अधिकृत विमला लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सन्धिखर्क नगरपालीका वडा नंं। ११ का अध्यक्ष धुर्वराज आचार्य , १२ वडा नं. का वडा अध्यक्ष नारायण खड्का , डिभर्ना स्वाश्थ्य चौकीका इन्चार्ज पूर्ण प्रसाद पराजुली , डिभर्ना आर्युबेद औषधालयका इन्चार्ज विष्णु पौडेल , मनकामना महिला समूहकी अध्यक्ष सिर्जना श्रेष्ठ , एकल महिला जिल्ला अध्यक्ष खगीश्वरा बस्याल , ज्ञान प्रकास माविका प्रधानाध्यापक सूर्य बहादुर खनाल , जुहार आधारभूत विद्यालयका प्रअ गोपाल बस्याल , मिरमिरे महिला समूहकी संगीता थापा, निगरानी समूहकी वालकुमारी ताम्राकार लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी लम्सालले समाजमा हुने सामाजिक विकृती तथा विसङगती विरुद्ध आवाज उठाई अगाडी बढ्नु पर्ने बताएकी थिइन् । उनले समाजमा हुने जातीय छुवाछुत , लैङगीक असमानता , महिला हिंसा जस्ता विकृती विरुद्ध आवाज उठाइ जनचेतनाका कार्यक्रमलाई सञ्चालन गर्नु पर्ने बताइन् ।
कार्यक्रममा वडा नं। ११ र १२ की सामाजिक परीचालीका गंगा खड्काले संस्थाको प्रगती स्थीति वारे जानकारी गराएकी थिइन् । कार्यक्रम सस्थाकी पार्वता श्रेष्ठको स्वागत मन्तब्य तथा सस्थाकी अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षता र सस्थाकी कोषध्यक्ष लक्ष्की आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु